निर्वाचन क्षेत्रमा प्रचण्डको १५० घण्टा

सफल खबर संवाददाता

बुधबार, ०६ फागुन २०८२, २१ : ३४
निर्वाचन क्षेत्रमा प्रचण्डको १५० घण्टा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रमा १५० घण्टा विताएका छन् । 

माघ २९ गते दिउँसो ४ बजे आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व पुगेका प्रचण्ड आज साँझसम्म त्यहाँ बस्ने कार्यक्रम छ । उनी भोलि पश्चिम रुकुम हुँदै अन्य निर्वाचन क्षेत्रका पार्टी कार्यक्रमहरुमा सहभागी हुँदैछन् । 

प्रचण्डले आफनो निर्वाचन क्षेत्रमा १५० घण्टाभित्र ३६ भन्दा बढी कार्यक्रमहरुमा सहभागीता जनाएका छन् । रुकुम पूर्वको भुमे गाँउपालिका १ लुकुमबाट जनभेटघाट शुरु गरेका प्रचण्डले यसपटक जनयुद्द दिवस पनि आफ्नो निर्वाचन क्षेत्रबाटै मनाएका थिए । 

प्रचण्डले खाबाङबगर, लाबाङ, महतगाँउ, कोर्जा सिमखोला, चुनवाङ गैरीगाँउ, भेरीडाँडा, पृथउत्तरगंगा गााउपालिकाको तकसेरा, विर्गुम, पदमी, ओख्मा, तातोपानी डिम्मुरगैरा, मयाङ, हुकाम, मैकोट, फल्नै, गर्खानी,कोल, गोल्खाडा, राङसी, नाखा, जाङबगर, चारगाँउ, सिस्ने गाँउपालिकाको नागयगाड, छिप्रिवह, खोपीचौर, बाहुनथाना, खारा चोक, ढकालबारा, अमलाचाउर,सिस्नेरी, धपे लगायतका क्षेत्रमा कार्यकर्ता भेटघाट, जनसभा लगायतका कार्यक्रममा सहभागीता जनाएका थिए । 

निर्वाचन क्षेत्रमा प्रचण्डले विगत जनयुद्दका बेलामा भएका ऐतिहासिक बैठकस्थल, महत्वपूर्ण फौजी मोर्चा लगायतका स्थानमा पुगेर त्यसबेलाका घटनाको स्मरण पनि गरेका छन् । लावाङमा पुगेर प्रचण्डले तत्कालिन अवस्थामा पार्टीभित्रको बाबुराम भटटराईसँगको अन्तरसंर्घष र कारवाही प्रसंग, चुनवाङ पुगेर संघीय लोकतानित्रक गणतन्त्रको कार्यदिशा पारित गर्दाको केन्द्रीय समिति बैठक सम्मका घटनाहरु स्मरण गरेका छन् । 

महतगाँउ पुगेर प्रचण्डले त्यसबेला जनमुक्ति सेनाले नियन्त्रणमा लिएका डिएसपी ठूले राई र त्यसको बदलामा जेलमा रहेका पार्टी नेता देव गुरुङलाई युद्दबन्दी साटासाटसम्मको घटनाहरुको स्मरण गरेका थिए । 

प्रचण्डको आफनो निर्वाचन क्षेत्रमा वितेका १५० घण्टामा उनलाई त्यहाँका जनताले अपार साथ दिएका छन् । कांग्रेस, एमाले लगायतका स्थानीय मतदाताले समेत यसपटक उनलाई मत दिने बचन दिएका छन् । 

सँगै जोडिएको रोल्पा र रुकुम पश्चिमको तुलनामा पूर्वी रुकुम पिछडिएको भन्दै त्यहाँका मतदाताले यसपटक प्रचण्डलाई जिताएर विकासका रोडम्याप खोल्ने आश्वासन दिएका छन् । 

प्रचण्ड अब केही समय पार्टी उम्मेदवारलाई जिताउन आफनो निर्वाचन क्षेत्र बाहिर रहनेछन् । उनी रुकुम पश्चिम हुँदै काठमाडौं आएपछि अन्य निर्वाचन क्षेत्रका चुनावी कार्यक्रममा सहभागी हुने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस