काठमाडौँ । आम जनता पार्टी (आजपा)ले दुर्गा प्रसाईँलाई कुनै शर्त नराखी तत्काल मुक्त गर्न सरकारसँग आग्रह गरेको छ। प्रसाईँलाई सोमबार साँझ भक्तपुरस्थित निजी निवासबाट नियन्त्रणमा लिइएको जनाइएको छ।
पार्टीका प्रवक्ता चन्द्रभूषण साहद्वारा जारी विज्ञप्तिमा रातिको समयमा गरिएको पक्राउप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। विज्ञप्तिमा राज्य संयन्त्रले आलोचनात्मक धार र फरक मतप्रति असहिष्णुता देखाउँदै पटक-पटक पक्राउ र रिहाइको प्रक्रियालाई दोहोर्याउनु शासनको परिपक्वता र संस्थागत मर्यादासँग मेल नखाने कार्य भएको टिप्पणी गरिएको छ।
आजपाले यस्तो गतिविधिले विधिको शासन, लोकतान्त्रिक मूल्य तथा नागरिक स्वतन्त्रतामा नकारात्मक प्रभाव पार्ने दाबी गरेको छ। साथै मानव अधिकार, मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता र असहमतिको अधिकारमा प्रत्यक्ष असर पर्ने कुनै पनि कदमबाट सरकार सचेत हुनुपर्ने बताउँदै कथित प्रतिशोधपूर्ण कारबाहीलाई तत्काल निष्प्रभावी बनाइ प्रसाईँलाई बिना सर्त रिहा गर्न माग गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ फागुन २०८२, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईँ पक्राउबारे आम जनता पार्टीको आपत्ति
बारम्बार किन समातिन्छन् दुर्गा प्रसाईं ?
फेरि पक्राउ परे दुर्गा प्रसाईं ?
हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं
दुर्गा प्रसाईँ फेरि पक्राउ
दुर्गा प्रसाईँ हाजिर जमानीमा छुटे