रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' सिस्ने गाउँपालिकाको नेटामा रहेको सहिद स्मृति पार्कमा पुगेर सहिदका प्रतिमामा माल्यार्पण गरेका छन् । उनले त्यहाँ उपस्थित सहिद परिवारलाई सम्मान समेत गरेका छन् ।
मतदाता भेटघाटका लागि सिस्ने गाउँपालिकाको नायगाड पुग्नु भएका संयोजक प्रचण्ड मङ्गलबार विहान वाकिङ नेटामा रहेको सहिद पार्क पुगेका थिए । उनले स्थानीय टोपबहादुर खत्रीको घरमा मकैको रोटी र दुध समेत खाजा खाए ।
संयोजक प्रचण्डले वाकिङकै क्रममा प्वाङ स्वास्थ्य चौचीको निरीक्षण गरेका छन् । आजै नायगाडमा आयोजित चुनावी सभालाई संबोधन गर्ने र यो नै प्रचण्डको पहिलो चुनावीसभा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ फागुन २०८२, १० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार संविधान र संघीय व्यवस्थाविरुद्ध उन्मुख छ: प्रचण्ड
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड