काठमाडौं । पटक पटक विवादास्पद अभिब्यीक्त दिएपछि दुर्गा प्रसाईं पक्राउ पर्ने र छुट्ने क्रम जारी छ । अहिलेसम्म झण्डै आठ पटक उनी पक्राउ परिसकेका छन् ।
२०८१ असोज ६ मा उनी पहिलो पटक पक्राउ परेका थिए । कहिले माओवादी, कहिले एमाले हुँदै राजावादी बनेका प्रसाईं अहिले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक छन् ।
उनी राजा ल्याउनुपर्ने भन्दै बेलाबेला विबादमा तानिदैं आएका छन् । गत भदौं २३ र २४ को जेनजी आन्दोलन अगाडी उनकै नेतृत्वमा २०८१ चैत १५ मा काठमाडौंको तिनकुनेमा हिंसा भड्किएको थियो । त्यसक्रममा एक जना पत्रकारसहित दुई जनाको निधन भएको थियो ।
त्यसक्रममा उनी भारतमा लुकी बसेका बेला पक्राउ परेका थिए । जेनजी विद्रोह अगाडी चार पटक र जेनजी विद्रोहपछि पनि उनी चार पटक पक्राउ परिसकेका छन् । उनी हिजो सोमबार बेलुकी आफ्नै निवास भक्तपुरबाट पक्राउ परेका थिए । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले प्रसाईं लाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको जनाएका छन् ।
जेनजी आन्दोलनपछि उनलाई सैनिक नेतृत्वले आन्दोलनको स्टेकहोल्डरका रुपमा स्वीकादै जंगी अडडमा बोलाएर छलफल समेत गरेका थिए । उनले प्रधानमन्त्री सुशीला कार्कीसँग पनि यो बीचमा छलफल गदै आएका थिए । तर पनि बेला बेला उनले नयाँ नयाँ भिडियो तयार पार्ने र त्यसबाट अर्नगल प्रचार र प्रपोगन्डा गरेको आरोप लाग्दै आएपछि उनी पक्राउ समेत पदै आएका छन् ।
सोमबार पक्राउ पर्दा भने उनलाई निर्वाचन आयोगको पत्रका आधारमा पक्राउ गरिएको प्रहरीको भनाई छ । निर्वाचन आयोगले प्रसाईंलाई आचार संहिता उल्लंघन र सार्वजनिक शान्ति सुरक्षामा अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीको भनाई छ ।
यस अगाडी पनि उनी पक्राउ पदैं आएका थिए । यस अगाडी उनी माघ २३ मा दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ परेका थिए । त्यसबेला काठमाडौंबाट निजी कारमार्फत पर्साको वीरगञ्जतर्फ जाँदै गरेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीको टोलीले पक्राउ गरेको थियो । सुरुमा प्रसाईंले गिरफ्तारी दिन मानेका थिएनन् । ‘म किन जाने पक्राउ पुर्जी दिनुस्’ भन्दै डीएसपी बुढाथोकीलाई प्रतिप्रश्न गरेका थिए ।
डीएसपी बुढाथोकीको टोलीले ‘पक्राउ पुर्जी छ’ भनेपछि प्रसाईं आफ्नै गाडीमा जान तयार भए । तर प्रहरीकै गाडीमा जानुपर्ने अडान डीएसपी बुढाथोकीले राखेपछि बाध्य भएर प्रसाईं प्रहरीको गाडीमा चढेर पक्राउ दिएका थिए ।
त्यसबेला पक्राउ पर्नु अघिल्लो साँझमात्रै उनले तीन घण्टा एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका थिए । उनी २५ माघमा हाजिरी जमानीमा छुटेका थिए ।त्यसपछि फेरि सोमबार (४ फागुनमा) उनी पक्राउ परेका हुन् । जेनजी आन्दोलनपछि उनी पहिलो पटक गत मंसिर २ गते मध्यरातमा भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए ।
नागरिक स्वतन्त्रताका नाममा सार्वजनिक शान्ति भंग गरिरहेको र अभिव्यक्ति स्वतन्त्रताका आडमा प्रसाईंले गरेका क्रियाकलाप सार्वजनिक शान्ति भंग हुने खालका र अफवाह फैलिने खालका भएकाले अनुसन्धान गर्न भन्दै त्यसबेला उनलाई पक्राउ गरिएको थियो । त्यसबेला उनी ८ मंसिरमा सर्वोच्च अदालतको आदेशपछि उनी रिहा भए।
त्यसपछि दोस्रो पटक उनी माघ ५ गते पोखराबाट पक्राउ परेका थिए । ३ माघमा भक्तपुरको कमेरेटारस्थित आफ्नो निवासमा पत्रकार सम्मेलन गर्दै उनले विशेष महाधिवेशनपछि चुनिएको नयाँ नेतृत्वको नेपाली कांग्रेसको आधिकारिकता विवादमा ५२ करोड रुपैयाँ लेनदेन भएको आरोप लगाएका थिए।
‘५२ करोड रुपैयाँमा साथीहरूले रूख र चार तारा पाए,’ उनले भनेका थिए।। प्रमाण भन्दै २३ सेकेन्डको भिडिओ पनि देखाएका उनीविरुद्ध अनुसन्धान गर्न निर्वाचन आयोगले प्रहरीलाई निर्देशन दिएपछि उनी पोखरामा पक्राउ परे। तर, एक दिनपछि नै धरौटी बुझाएर उनी मुक्त भए।
तेस्रो पल्ट चाल्नाखेलबाट पक्राउ परेका उनी चौथो पटक फागुन ४ मा फेरि पक्राउ परेका हुन् । उनले पछिल्लो पटक विवादास्पद अभिब्यक्ति दिँदै आएका मात्र थिएनन, कतिपय भिडियो नै बनाएर समेत कुनै अमुक राजनीतिक दलमाथी लाच्छना समेत लगाउँदै आएका थिए । यस्तो लाग्छ कि पक्राउ पर्नु र छुट्नु प्रसाईंका लागि कुनै अस्वाभाविक र अप्रत्याशित घटना होइन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ फागुन २०८२, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फेरि पक्राउ परे दुर्गा प्रसाईं ?
हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं
दुर्गा प्रसाईँ फेरि पक्राउ
दुर्गा प्रसाईँ हाजिर जमानीमा छुटे
दुर्गा प्रसाईँ पक्राउ
दुर्गा प्रसाईँ र सरकारबीच २७ बुँदे सहमति