काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत सोमबार तीन खेल हुँदैछन्। पहिलो खेलमा समूह ‘डी’का अफगानिस्तान र यूएईले प्रतिस्पर्धा गर्नेछन्। भारतको दिल्लीमा हुने यो खेल बिहान ११ बजेर १५ मिनेटमा सुरु हुँदैछ।
यो विश्वपमा अफगानिस्तान जितबिहीन छ भने यूएईले दुई अंक जोडेको छ। समूह ‘डी’मा अफगानिस्तान अंकबिहीन अवस्थामा तालिकाको चौथो स्थानमा छ भने दुई अंक जोडेको यूएई तेस्रो स्थानमा छ।
दोस्रो खेलमा समूह ‘सी’का इंग्ल्यान्ड र इटाली भिड्दैछन्। यो खेल भारतको इडन गार्डेनमा दिउँसो ३ बजेर १५ मिनेट जाँदा सुरु हुनेछ।
विश्वकपमा इंग्ल्यान्डले दुई खेलमा जित निकालेर चार अंक जोडेको छ भने इटालीले दुई अंक जोडेको छ। समूह ‘सी’को इंग्ल्यान्डको यो अन्तिम खेल हो। एक खेल गुमाएको इंग्ल्यान्ड समूह चरणको अन्तिम खेलमा जित निकाल्दै सुपर आठ पुग्न चाहन्छ। पहिलो पटक विश्वकप खेलेको इटाली भने दोस्रो जितको खोजीमा हुनेछ।
तेस्रो खेलमा सोमबार साँझ अस्ट्रेलिया र श्रीलंका भिड्नेछन्। यो खेल साँझ ७ बजेर १५ मिनेटमा श्रीलंकामा हुँदैछ। यो समूहमा दुई खेल जितेर चार अंकसहित शीर्ष स्थानमा रहेको आयोजक श्रीलंका तेस्रो जितको खोजीमा हुनेछ।
एक जित र एक हारको सामना गरेको अस्ट्रेलिया भने दोस्रो जितको खोजीमा छ। पहिलो खेलमा आयरल्यान्डलाई ६७ रनले हराएको अस्ट्रेलिया दोस्रो खेलमा जिम्बाबेसँग २३ रनले पराजित भएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ फागुन २०८२, ०९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप खेल्ने सबैभन्दा सानो राष्ट्र कुरासाओको टोली घोषणा
टर्की २४ वर्षपछि विश्वकपमा पुग्न सफल
विश्वकपका लागि इरानलाई अमेरिकामा स्वागत र सुरक्षाको पूर्ण ग्यारेन्टी छ: ह्वाइट हाउस
न्युजिल्यान्ड दोस्रो पटक विश्वकपको फाइनलमा, दक्षिण अफ्रिका पराजित
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित