काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तत्कालीन माओवादीको ऐतिहासिक बैठक स्थल चुनबाङको भेरीडाँडा पुगेका छन्। प्रतिनिधि सभा सदस्यका लागि रुकुम पूर्वका उम्मेदवार प्रचण्डले मतदाता भेटघाटको क्रममा आज बिहान माओवादीको केन्द्रीय समितिको बैठक स्थलको भ्रमण गरेका हुन्।
२०६२ को असोजमा माओवादीको केन्द्रीय समितिको बैठक चुनबाङमा बसेको थियो। उक्त बैठकले लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव पारित गरेर संसदवादी राजनीतिक दलसँग सहकार्यको बाटो खोलेको थियो। माओवादीको ९५ सदस्यीय केन्द्रीय समितिलाई ३५ जनामा झारेको थियो। त्यो बैठकलाई ऐतिहासिक मानिन्छ।
संयोजक प्रचण्डले चुनबाङ बैठक स्थल, आफू र पत्नी सीता बसेको कोठा, छोरा प्रकाश दाहाल र अन्य नेताहरू बसेको घर र कोठाको अवलोकन गरे। आफ्ना पत्नी र छोराका बारेमा राखिएका जिज्ञासामा भावुक भएका प्रचण्डले नेपाली क्रान्तिमा उहाँहरूको योगदान रहेको संक्षिप्त प्रतिक्रिया दिए।
मतदाता भेटघाट र बैठक स्थलको भ्रमणको क्रममा चुनबाङ बैठकले जनयुद्धलाई लोकतान्त्रिक गणतन्त्रमार्फत शान्तितर्फ डोर्याएको बताए। रुकुम क्रान्तिको सुरुआत र गणतन्त्रमार्फत शान्ति स्थापना गर्ने जिल्ला रहेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ फागुन २०८२, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’
नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, मधेश र दलित हराए : संयोजक प्रचण्ड
संसद् समावेशी प्रतिनिधित्वका लागि संघर्षको परिणाम भएको ‘प्रचण्ड’को दाबी
‘समावेशी र समानुपातिक प्रतिनिधित्व राजनीतिक परिवर्तनको महत्वपूर्ण उपलब्धि’ : ‘प्रचण्ड’
'प्रचण्ड’सहित आज संसदमा शीर्ष नेताहरूले सम्बोधन गर्ने