काठमाडौ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ३१औँ जनयुद्ध दिवसका अवसरमा रुकुमपूर्वबाट शुभकामना सन्देश जारी गरेका छन्।
जनयुद्धको आधार इलाकाको रुपमा रहेको रुकुमपूर्वमाबाट सामाजिक सञ्जाल मार्फत भिडिओ सन्देश जारी गर्दै उनले सहिदहरुप्रति श्रद्धाञ्जली र घाइतेहरूप्रति सम्मान व्यक्त गरेका छन्।
उनले जेनजी आन्दोलनले मुलुकमा नयाँ परिस्थिति सिर्जना भएको भन्दै मुलुकमा उत्पन्न भएको संकट समाधानको लागि सबैमा अपिल पनि गरेका छन्।
‘जेनजी आन्दोलनले मुलुकमा नयाँ परिस्थिति सिर्जना भएको छ। विध्वंशले सिर्जना गरेको संकट समाधानको लागि सम्पूर्ण राष्ट्रिय राजनीतिक शक्ति एक हुनुपर्छ,’ प्रचण्डले भनेका छन्, ‘निर्वाचनमार्फत् सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा सुरु गर्न पनि म हार्दिक अपिल गर्दछु।’
उनले प्रतिनिधिसभा निर्वाचनको लागि आफू रुकुमपूर्वबाट उम्मेदवार बन्दा एकातिर गर्व र अर्कातिर जिम्मेवारी बोध भएको पनि बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ फागुन २०८२, १० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार संविधान र संघीय व्यवस्थाविरुद्ध उन्मुख छ: प्रचण्ड
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड