काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सवारीसाधन प्रयोगलाई कानुनी दायराभित्र राख्न ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ लागू गरेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रचारप्रसार तथा मतदानको दिन सवारी सञ्चालनलाई मर्यादित, व्यवस्थापनयोग्य र नियन्त्रित बनाउन उक्त कार्यविधि जारी गरिएको हो। आयोगले निर्वाचन आयोग ऐन, २०७३ ले प्रदान गरेको अधिकार प्रयोग गरी सो व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ।
नयाँ प्रावधानले राजनीतिक दल, उम्मेदवार र उनीहरूका प्रतिनिधिले प्रचार अवधिमा तथा मतदानको दिन प्रयोग गर्ने सवारीसाधनको सङ्ख्या र प्रक्रियालाई स्पष्ट सीमाभित्र राखेको छ। कार्यविधिअनुसार प्रतिनिधि सभा सदस्यका उम्मेदवारले अधिकतम दुईवटा दुई पाङ्ग्रे, तीन पाङ्ग्रे वा हलुका चार पाङ्ग्रे सवारी मात्र प्रयोग गर्न पाउनेछन्। जहाँ मोटर चल्ने सवारी सञ्चालन सम्भव छैन, त्यस्ता क्षेत्रमा एक उम्मेदवारले बढीमा चारवटा घोडा प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ माघ २०८२, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया