काठमाडौँ। प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र सबै सरोकारवालासँग समन्वय गरी आसन्न निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न निर्देशन दिएका छन् ।
जंगी अड्डामा सञ्चालित पृतनापति समन्वयात्मक बैठकको समापन सत्रलाई बुधबार सम्बोधन गर्दै उनले एकीकृत सुरक्षा योजना–२०८२ अनुसार समन्वयात्मक रूपमा निर्वाचनमा परिचालित हुन निर्देशन दिए ।
प्रधान सेनापति सिग्देलले सकलदर्जाको सामूहिक भावना र एक ढिक्कापनलाई कायम राख्दै जिम्मेवारीमा खटिइन निर्देश गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उनले पृतनास्तरमा भएको प्रभावकारी कार्यका लागि पृतनापतिलाई धन्यवादसमेत दिए ।
बैठकमा वर्तमान परिस्थितिको विश्लेषण, तालिमहरूको समीक्षा, बन्दोबस्ती पक्षलगायत समसामयिक विषयमा छलफल भएको निर्देशनालयले जनाएको छ । बैठकको समापन कार्यक्रममा बलाधिकृत, रथीवृन्दलगायत अधिकृतको उपस्थिति थि
यो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ माघ २०८२, २० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)