एजेन्सी । इरानले अमेरिकाको दबाबलाई अस्वीकार गरेको छ । इरानले आफ्नो युरेनियम सम्वर्द्धन (युरेनियम इनरिचमेन्ट) कार्यक्रम सैन्य आक्रमण वा अमेरिकाले नयाँ प्रतिबन्ध लगाउने धम्की दिए पनि नछोड्ने बताएको छ ।
आइतबार तेहरानमा आयोजित एक सार्वजनिक कार्यक्रममा इरानी विदेशमन्त्री अब्बास अराघचीले इरानलाई डर देखाएर उसको परमाणु नीति परिवर्तन गर्न नसकिने र अमेरिकाको नियतमाथि विश्वास नभएको बताए ।
उनको यो भनाइ इरान र अमेरिकाबीच ओमानमा वार्ता पुनः सुरु भएको समय आएको हो । इरानले आफूमाथि लगाइएका कडा आर्थिक प्रतिबन्ध हटाउन चाहन्छ भने अमेरिकाले इरानको परमाणु कार्यक्रममा रोक लगाउन चाहन्छ ।
‘इरानलाई के गर्ने भन्ने कसैले बताउन पर्दैन’
अराघचीले युरेनियम सम्वर्द्धन इरानका लागि कुनै पनि हालतमा सम्झौताको विषय नभएको बताए । उनले कुनै पनि देशलाई इरानलाई के गर्ने भन्ने बताउने अधिकार नरहेको बताए । युद्धको धम्कीमार्फत यो काम गर भन्नु झन् गलत भएको उनको भनाइ छ । उनले खाडी क्षेत्रमा अब्राहम लिंकन युद्धपोतसहित अमेरिकी सैन्य तैनाथीले इरान त्रसित नहुने बताए ।
इरानी विदेशमन्त्रीले अमेरिकामाथि विश्वास गर्न गाह्रो रहेको र वाशिंगटनले साँच्चै कूटनीतिक समाधान चाहन्छ कि चाहँदैन भन्ने स्पष्ट नभएको प्रष्ट पारे । उनले इरानले आफ्नो स्वतन्त्रता र सम्मानविरुद्ध कुनै सम्झौता नगर्ने पनि दोहोर्याए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २७ माघ २०८२, ०९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
इरानसँग प्रारम्भिक सम्झौता अन्तिम चरणमा पुगेको राष्ट्रपति ट्रम्पको घोषणा
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण