काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार १०.२५ अंक घटेको छ । ०.३७ प्रतिशत गिरावट सहित सेयर बजार २६९८.४४ बिन्दुमा झरेको छ ।
आइतबार ‘अन्य’ र लगानी उपसूचक बाहेक अन्य सबै उपसूचकको मूल्य घटेको छ । आज सबैभन्दा धेरै २.१३ होटल र पर्यटन उपसूचकका लगानीकर्ताले गुमाएका छन् । आइतबार कुल ३ सय ३० धितोपत्रको १ लाख ११ हजार ९ सय ७८ कारोबारबाट २ करोड ६२ लाख ३६ हजार २ सय ४ कित्ता सेयर किनबेच भएको छ । आइतबार कुल ११ अर्ब ६५ करोड ९७ लाख बराबर कारोबार भएको देखिएको छ l
आज सबैभन्दा धेरै १० प्रतिशतले सुपर माई हाइड्रोपावरको मूल्य बढेको छ । यसबाहेक रिडी पावर कम्पनी, खानीखोला हाइड्रो, हिमालयन हाइड्रोपावर सहित धितोपत्रका लगानीकर्ताले समेत आज धेरै कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ माघ २०८२, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सेयर बजार
४८ अंक बढ्यो सेयर बजार
सेयर बजार २८ सय अंक नाघ्यो
सेयर बजार ५ अंकले बढ्यो
७४ अंक घट्यो सेयर बजार
१९ अंक बढ्यो सेयर बजार