एजेन्सी । इरानका सर्वोच्च नेता अली खामेनेईले अमेरिकाले इरानमाथि आक्रमण गरे त्यसको प्रतिफल क्षेत्रीय युद्ध हुने चेतावनी दिएका छन्।
अलजजिराका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा सैन्य उपस्थिति विस्तार गरिरहेका सन्दर्भमा तेहरानमा आयोजित कार्यक्रममा बोल्दै खामेनेईले यस्तो चेतावनी दिएका हुन्। ‘यदि यस पटक उनीहरूले युद्ध सुरु गरे भने त्यसले क्षेत्रीय युद्धको रूप लिनेछ,’उनले भने।
खामेनेईले अमेरिका इरानका विशाल तेल तथा प्राकृतिक ग्यास स्रोतहरू कब्जा गर्न चाहिरहेको आरोप पनि लगाए। त्यसैगरी, उनले हालै भएका सरकारविरोधी प्रदर्शनलाई ‘कू’ को संज्ञा दिँदै ती गतिविधि योजनाबद्ध रहेको दाबी गरे।
‘हालैको अशान्ति कू जस्तै थियो, तर त्यो दबाइयो,’ उनले भने। उनका अनुसार प्रदर्शनकारीहरूको उद्देश्य देश सञ्चालनसँग जोडिएका संवेदनशील र प्रभावकारी केन्द्रहरू ध्वस्त पार्नु थियो, जसका क्रममा प्रहरी, सरकारी कार्यालय, इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका संरचना, बैंक तथा मस्जिदहरूमा आक्रमण गरिएको थियो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १९ माघ २०८२, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण
पेन्टागनद्वारा इरान युद्धका लागि २०० अर्ब डलरभन्दा बढी बजेटको माग, अमेरिकी राजनीतिमा हलचल
लारिजानी हत्याको निर्णायक बदला लिन्छौं : इरान
इरानका १० उच्च अधिकारीको सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने
शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी
इरानको ड्रोन आक्रमणबाट युएईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो