काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बिहीबार सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रममा सहभागी हुने भएका छन् ।
पार्टीका अनुसार बालेनको कार्यक्रम बिहीबार बझाङ, बाजुरा र अछाम जिल्लामा तय गरिएको हो । कार्यक्रमअन्तर्गत उनले स्थानीय नागरिकसँग भेटघाट गर्ने तथा पार्टीको ‘घण्टी’ चुनाव चिह्नमार्फत अभिवादन गर्नेछन् ।
कार्यक्रम तालिकाअनुसार बिहान ७ः३० बजे बझाङको चैनपुरबाट जनसम्पर्क कार्यक्रम सुरु भएको छ । त्यसपछि बिहान ११ः३० बजे बाजुराको मार्तडीमा कार्यक्रम आयोजना गरिनेछ ।
त्यसैगरी दिउँसो १२ः१५ बजे अछामको साँफेबगर र दिउँसो २ः१५ बजे मंगलसेनमा जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम हुनेछ ।
पार्टीले जनसम्पर्क कार्यक्रममार्फत संगठन विस्तार, स्थानीय समस्या बुझ्ने र आगामी राजनीतिक रणनीतिबारे कार्यकर्ता तथा सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्य रहेको जनाएको छ । त्यसैका लागि बालेन तीन दिनदेखि सुदूरपश्चिममा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ माघ २०८२, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरबारमा बालेन र सात मुख्यमन्त्रीको गम्भीर मन्थन: तीन घण्टासम्म के भयो कुराकानी?"
टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन
बालेन शाहले लिए प्रधानमन्त्रीको शपथ
नारीको सम्मान र सशक्तीकरण नै समुन्नत समाजको जग हो : बालेन शाह
रास्वपा वरिष्ठ नेता बालेन शाहले गरे मतदान
केही नेता र बिचौलियाले भ्रम सिर्जना गरेर किसानलाई मार्ने काम भएको बालेनको दाबी