कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित

सफल खबर संवाददाता

विहीबार, १५ माघ २०८२, १० : २६
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग भेट गरेर संसद् पुनःस्थापनाको रिटलाई पेसीमा चढाउन आग्रह गर्ने कार्यक्रम स्थगित भएको छ । 

उनीहरू आज बिहान १० बजे सर्वोच्च जाने तयारीमा थिए । विघटित प्रतिनिधि सभाको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले विशेष कारणले अदालत जाने कार्यक्रम स्थगित भएको जानकारी दिए । 

निर्वाचनको समयमा पुनस्थापनाबारे ध्यानाकर्षण गराउँदा पार्टीको माहोल बिग्रने देखिएकोले यो कार्यक्रम स्थगित भएको नेताहरूले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस