सेयर बजारमा सामान्य ‘करेक्सन’

सफल खबर संवाददाता

सोमबार, १२ माघ २०८२, १६ : ५४
सेयर बजारमा सामान्य ‘करेक्सन’

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको ‘करेक्सन’ आएको छ । आइतबार ५७ अंक बढेको नेप्से सूचक सोमबार ३.०७ अंक घटेको हो ।

सोमबार नेप्से सूचक सामान्य अंकले घटे पनि कारोबार रकमले बजारको उत्साह झनै थपेको छ ।

देशभरि चुनावी माहोल बढेसँगै सुधारको बाटोमा देखिएको सेयर बजारमा लगानीकर्ता फर्कने तथा लगानी बढाउने क्रम बढेसँगै कारोबार रकम १६ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस