शित्तल शर्मा
भरतपुर । माघ १० गते साँझ । भरतपुरको नारायणगढ बजार शान्त छ । फराकिलो सडकमा बत्ती झिलिमिली छन्, नारायणी किनारको हावा बिस्तारै सहर छुँदै बग्छ । यहाँ विकास कुनै भाषण होइन, देखिने गरी भएको छ । केही वर्ष अगाडीको भरतपुर र अहिलेको भरतपुरमा कायापलट भएको छ । हिँड्दा खुट्टामुनि, हेर्दा आँखाअगाडि नै भरतपुर झण्डै झण्डै ‘यूरोप’को झल्को दिने अवस्थामा पुगेको छ ।
तर यही भरतपुरमा आज एउटा अनौठो बहस चलाइएको छ– भरतपुर महानगरबाट कार्यकाल छँदै रेनु दाहालले मेयरबाट राजीनामा किन दिइन् ? यो बहस अन्य राजनीतिक दलभन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अलिक बढी उचालिएको छ ।
चितवनको योगदानका लागि संघीय संसदमा जान खोज्दा भरतपुर महानगरको मेयरबाट रेनुको राजीनामा रास्वपालाई लाग्छ –‘स्थानीय अपराध हो ।’ राजनीतिमा कहिलेकाहीँ ऐना टुक्रिन्छ, एउटै प्रश्न दुई अनुहार भएर देखिन्छ । रास्वपाले बालेनका सवालमा दिने तर्क र रेनुका सवालमा दिने तर्कमा यस्तै दुई अनुहार देखिएको छ ।काठमाडौंका मेयर बालेन शाह, राजीनामा दिएर चुनाव लड्न पुग्छन् । बालनेलाई प्रधानमन्त्रीको सम्भावित अनुहार बनाइन्छ । रास्वपालाई त्यो ‘साहसी निर्णय’ लाग्छ ।
पहिलो कार्यकाल पूरा गरी दोस्रो कार्यकालको पनि केही थोरै समय बाँकी राखेर चितवनको थप योगदानका लागि रेनु दाहाल आगामी फागुन २१ को चुनावमा होमिएपछि रास्वपाले यो ‘मसला’ बनाउन खोजेको छ । तर भरतपुरमा उसले बनाउन खोजेको यो मसलाभित्र उसको राजनीतिक दैद्य चरित्र प्रष्ट देखिएको छ । अझ रास्वपाका नेताहरुले भरतपुरमा गर्ने बहस र त्यसबाहेकका अन्य जिल्ला, निर्वाचन क्षेत्रमा गर्ने बहस फरक देखिएको छ ।
कतै भन्छन्, ‘हामी बाटो बनाउँछौँ, हामी पुल ल्याउँछौँ, हामी विकास गर्छौँ ।’ त्यहाँ कसैले सोध्दैन, ‘संसद त कानुन बनाउने ठाउँ हो, विकास त स्थानीय तहले पनि गर्नसक्छ ।’ तर चितवन–३ आइपुग्दा रास्वपामा बोली अचानक फेरिन्छ । यहाँ संसदलाई विकाससँग असम्बन्धित ठहराउने काम रास्वपाले गर्न खोजेको छ । यहाँ विकासलाई मेयरको कुर्सीसँग मात्र बाँधिन्छ ।
यहीँबाट रास्वापको दैद्य चरित्रको पर्दाफास हुन्छ । विकास कहाँ मुद्दा हो र कहाँ बाधा ? बालेनले काठमाडौं मेयरबाट दिएको राजीनामा र झापा ५ मा बनेको उम्मेदवार रास्वपालाई लाग्छ, ‘यो राष्ट्रिय सपना हो । सही र उपयुक्त निर्णय हो ।’ तर एउटा कार्यकाल पूरा गरेर अर्काे कार्यकाल पनि करिव सकिदै गर्दा र थप चितवनको योगदानका लागि संघीय संसदमा जान खोज्दा भरतपुर महानगरको मेयरबाट रेनुको राजीनामा रास्वपालाई लाग्छ – ‘स्थानीय अपराध हो ।’
राजनीतिमा कहिलेकाहीँ ऐना टुक्रिन्छ, एउटै प्रश्न दुई अनुहार भएर देखिन्छ । रास्वपाले बालेनका सवालमा दिने तर्क र रेनुका सवालमा दिने तर्कमा यस्तै दुई अनुहार देखिएको छ ।
काठमाडौंका मेयर बालेन शाह, राजीनामा दिएर चुनाव लड्न पुग्छन् । बालनेलाई प्रधानमन्त्रीको सम्भावित अनुहार बनाइन्छ । रास्वपालाई त्यो ‘साहसी निर्णय’ लाग्छ । त्यो निर्णय राष्ट्रिय उचाई र आवश्यकताबोध महसुस हुन्छ । तर भरतपुरकी सफल मेयर रेनु दाहालको उही राजीनामा, उही यात्रा भने ‘अधुरो कार्यकाल’ हुन्छ । त्यो भने ‘जिम्मेवारी छाडेर अवसरको खोजीमा लागेको प्रमाण’ हुन्छ ।
‘यो खालको तर्क रास्वपाको दैद्य चरित्र हो,’ नारायणगढको पारस वसपार्कमा भेटिएका ६१ बर्षिय लोकनाथ बन्जराले सफखबरसँग भन्छन्, ‘आफनो हुँदा सबै ठिक, नहुँदा बेठिक देख्ने रास्वपाको हेर्ने आखाँमै खोट छ ।’
भरतपुरमा महानगरपालिकाको मेयर भएर रेनु दाहालले गरेको विकासको सूची लामो छ । सडक, बत्ती, नदी नियन्त्रण, शिक्षा, स्वास्थ्य देखि कृषकलाई अनुदानसम्मका कामले शहरी अनुहार देखाउँछ । यी सबैले भरतपुरबासीमा रेनुको अनुहार झलझली देखिन्छ । कुनै बेला कालोपत्रे पिच टेक्न महेन्द्र राजमार्ग आउनुपर्ने भरतपुरवासीका घर–आँगन अगाडि अहिले चिल्लो सडक छ । यहाँ भइरहेको पूर्वाधार र सामाजिक विकास अनि सहकार्य देख्ने जो–कोहीले यसको श्रेय रेनु दाहाललाई दिन्छन् ।
विकासमा चितवनबासीको मन रेनुले जितेकी छिन् । यहाँ रास्वपालाई चुनावका बेला आफ्ना उम्मेदवार जिताउ रेनुको विकासको चर्चालाई पन्छाउनु छ । किनभने विकासको बहस सुरु भयो भने तुलना गर्नुपर्छ । र, तुलना भयो भने रास्वपालाई लागेको छ, जतिसकुै राजनीतिक नारा अगाडी सारेपनि आफना उम्मेदवार सोविता रेनुका अगाडी निम्छरो मात्रै हुनेछिन् ।
त्यसैले रास्वपा रेनुले भरतपुरमा गरेको विकासको बहस सुन्नै चितवन ३ मा सुन्नै चाहाँदैन । ‘संसद कानुन बनाउने थलो हो, त्यसका लागि रेनुभन्दा सोविता फिट हुन्छिन्,’ रास्वपाले चितवन ३ मा मत माग्दा यही तर्क अगाडी सारेको छ ।
तर अचम्म के भने, रास्वपाका लागि यही तर्क देशका अन्य निर्वाचन क्षेत्रमा भने हराउँछ । भरतपुर महानगर अर्थात चितवन ३ बाहेकका अन्य निर्वाचन क्षेत्रमा फेरि रास्वपाको मुख्य एजेण्डा बनिहाल्छ, – निर्वाचन क्षेत्रको विकास, बाटोघाटो, पुल पुलेसा, सिञ्चाई आदी -इत्यादी ।
दुई बाटो, एउटै पार्टी
चुनावको संघारमा रास्वपाको राजनीति आज दुई बाटोमा हिँडिरहेको देखिन्छ । एक बाटोमा विकास देखाउने, भविष्यको सपना बेच्ने र अर्को बाटोमा विकासलाई प्रश्न बनाउने र व्यक्तिलाई निशाना बनाउने । यी दुई बाटो एउटै चोकमा आइपुग्दा मतदाता अलमलिन्छ । अहिले रास्वपाले मत तान्न यही निति अख्तियार गरेको छ ।
चितवन–३ मा रेनुले गरेको विकास, रेनुको सहनशीलता, उत्कृष्ट कार्यक्षमतालाई प्रश्न गर्ने ठाँउमा रास्वपा छैन । रास्वपामात्रै होइन, अन्य राजनीतिक दलले पनि चितवनमा रेनुले गरेको योगदान र विकासमा प्रश्न गर्न सक्ने ठाँउमा छैनन । यहाँ रेनुको विकासमा प्रश्न उठाउँदा चितवन – २ र चितवन – १ मा रास्वपाका सांसदले प्रतिनिधिसभामा चुनाव जितेर के गरे ? प्रश्न उठिहाल्छ । यसर्थ पनि रास्वपाले चितवनमा रेनुलाई पन्छाउन अनेक फण्डाको राजनीति शुरु गरेको छ ।
इमोशनल ब्ल्कमेलिङको साहारा
मतदाताका बीचमा रेनु आफैं लोकप्रिय छिन् । अघिल्लो कार्यकालमा चुनाव जितिरहँदा भन्दा दोस्रो कार्यकालमा उनले मतान्तर भारी मात्रामा बढाएकी थिइन् । उनीसँग झण्डै १५ देखि २० हजार भन्दा बढी मत आफ्नै कामका आधारमा निर्माण भएको लोकप्रियताको मत छ ।
अहिले त्यो मत भड्काउन रास्वपाले रेनुलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री प्रचण्डकी छोरीको पगरी गुथाउन कम्मर कसेर लागेको छ । भरतपुरबासीलाई थाहा छ, रेनु प्रचण्डकी छोरी हुन् । तर यहाँका मतदाता रेनुलाई प्रचण्डको छोरी भन्दा सफल मेयर रेनुका रुपमा चिन्छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
मधेसमा रास्वपाको नजर किन ? यस्ता छन् कारण
दल बदलेर रास्वपाबाट उम्मेदवार बन्नेको लर्काे
झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप
रास्वपाबाट आशिका तामाङको उम्मेदवारी तय
बालेनले काठमाडौंको मेयरबाट आजै राजीनामा दिदै
उम्मेदवार टुङ्गो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै