शित्तल शर्मा
भरतपुर । माघ १० गते साँझ । भरतपुरको नारायणगढ बजार शान्त छ । फराकिलो सडकमा बत्ती झिलिमिली छन्, नारायणी किनारको हावा बिस्तारै सहर छुँदै बग्छ । यहाँ विकास कुनै भाषण होइन, देखिने गरी भएको छ । केही वर्ष अगाडीको भरतपुर र अहिलेको भरतपुरमा कायापलट भएको छ । हिँड्दा खुट्टामुनि, हेर्दा आँखाअगाडि नै भरतपुर झण्डै झण्डै ‘यूरोप’को झल्को दिने अवस्थामा पुगेको छ ।
तर यही भरतपुरमा आज एउटा अनौठो बहस चलाइएको छ– भरतपुर महानगरबाट कार्यकाल छँदै रेनु दाहालले मेयरबाट राजीनामा किन दिइन् ? यो बहस अन्य राजनीतिक दलभन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अलिक बढी उचालिएको छ ।
चितवनको योगदानका लागि संघीय संसदमा जान खोज्दा भरतपुर महानगरको मेयरबाट रेनुको राजीनामा रास्वपालाई लाग्छ –‘स्थानीय अपराध हो ।’ राजनीतिमा कहिलेकाहीँ ऐना टुक्रिन्छ, एउटै प्रश्न दुई अनुहार भएर देखिन्छ । रास्वपाले बालेनका सवालमा दिने तर्क र रेनुका सवालमा दिने तर्कमा यस्तै दुई अनुहार देखिएको छ ।काठमाडौंका मेयर बालेन शाह, राजीनामा दिएर चुनाव लड्न पुग्छन् । बालनेलाई प्रधानमन्त्रीको सम्भावित अनुहार बनाइन्छ । रास्वपालाई त्यो ‘साहसी निर्णय’ लाग्छ ।
पहिलो कार्यकाल पूरा गरी दोस्रो कार्यकालको पनि केही थोरै समय बाँकी राखेर चितवनको थप योगदानका लागि रेनु दाहाल आगामी फागुन २१ को चुनावमा होमिएपछि रास्वपाले यो ‘मसला’ बनाउन खोजेको छ । तर भरतपुरमा उसले बनाउन खोजेको यो मसलाभित्र उसको राजनीतिक दैद्य चरित्र प्रष्ट देखिएको छ । अझ रास्वपाका नेताहरुले भरतपुरमा गर्ने बहस र त्यसबाहेकका अन्य जिल्ला, निर्वाचन क्षेत्रमा गर्ने बहस फरक देखिएको छ ।
कतै भन्छन्, ‘हामी बाटो बनाउँछौँ, हामी पुल ल्याउँछौँ, हामी विकास गर्छौँ ।’ त्यहाँ कसैले सोध्दैन, ‘संसद त कानुन बनाउने ठाउँ हो, विकास त स्थानीय तहले पनि गर्नसक्छ ।’ तर चितवन–३ आइपुग्दा रास्वपामा बोली अचानक फेरिन्छ । यहाँ संसदलाई विकाससँग असम्बन्धित ठहराउने काम रास्वपाले गर्न खोजेको छ । यहाँ विकासलाई मेयरको कुर्सीसँग मात्र बाँधिन्छ ।
यहीँबाट रास्वापको दैद्य चरित्रको पर्दाफास हुन्छ । विकास कहाँ मुद्दा हो र कहाँ बाधा ? बालेनले काठमाडौं मेयरबाट दिएको राजीनामा र झापा ५ मा बनेको उम्मेदवार रास्वपालाई लाग्छ, ‘यो राष्ट्रिय सपना हो । सही र उपयुक्त निर्णय हो ।’ तर एउटा कार्यकाल पूरा गरेर अर्काे कार्यकाल पनि करिव सकिदै गर्दा र थप चितवनको योगदानका लागि संघीय संसदमा जान खोज्दा भरतपुर महानगरको मेयरबाट रेनुको राजीनामा रास्वपालाई लाग्छ – ‘स्थानीय अपराध हो ।’
राजनीतिमा कहिलेकाहीँ ऐना टुक्रिन्छ, एउटै प्रश्न दुई अनुहार भएर देखिन्छ । रास्वपाले बालेनका सवालमा दिने तर्क र रेनुका सवालमा दिने तर्कमा यस्तै दुई अनुहार देखिएको छ ।
काठमाडौंका मेयर बालेन शाह, राजीनामा दिएर चुनाव लड्न पुग्छन् । बालनेलाई प्रधानमन्त्रीको सम्भावित अनुहार बनाइन्छ । रास्वपालाई त्यो ‘साहसी निर्णय’ लाग्छ । त्यो निर्णय राष्ट्रिय उचाई र आवश्यकताबोध महसुस हुन्छ । तर भरतपुरकी सफल मेयर रेनु दाहालको उही राजीनामा, उही यात्रा भने ‘अधुरो कार्यकाल’ हुन्छ । त्यो भने ‘जिम्मेवारी छाडेर अवसरको खोजीमा लागेको प्रमाण’ हुन्छ ।
‘यो खालको तर्क रास्वपाको दैद्य चरित्र हो,’ नारायणगढको पारस वसपार्कमा भेटिएका ६१ बर्षिय लोकनाथ बन्जराले सफखबरसँग भन्छन्, ‘आफनो हुँदा सबै ठिक, नहुँदा बेठिक देख्ने रास्वपाको हेर्ने आखाँमै खोट छ ।’
भरतपुरमा महानगरपालिकाको मेयर भएर रेनु दाहालले गरेको विकासको सूची लामो छ । सडक, बत्ती, नदी नियन्त्रण, शिक्षा, स्वास्थ्य देखि कृषकलाई अनुदानसम्मका कामले शहरी अनुहार देखाउँछ । यी सबैले भरतपुरबासीमा रेनुको अनुहार झलझली देखिन्छ । कुनै बेला कालोपत्रे पिच टेक्न महेन्द्र राजमार्ग आउनुपर्ने भरतपुरवासीका घर–आँगन अगाडि अहिले चिल्लो सडक छ । यहाँ भइरहेको पूर्वाधार र सामाजिक विकास अनि सहकार्य देख्ने जो–कोहीले यसको श्रेय रेनु दाहाललाई दिन्छन् ।
विकासमा चितवनबासीको मन रेनुले जितेकी छिन् । यहाँ रास्वपालाई चुनावका बेला आफ्ना उम्मेदवार जिताउ रेनुको विकासको चर्चालाई पन्छाउनु छ । किनभने विकासको बहस सुरु भयो भने तुलना गर्नुपर्छ । र, तुलना भयो भने रास्वपालाई लागेको छ, जतिसकुै राजनीतिक नारा अगाडी सारेपनि आफना उम्मेदवार सोविता रेनुका अगाडी निम्छरो मात्रै हुनेछिन् ।
त्यसैले रास्वपा रेनुले भरतपुरमा गरेको विकासको बहस सुन्नै चितवन ३ मा सुन्नै चाहाँदैन । ‘संसद कानुन बनाउने थलो हो, त्यसका लागि रेनुभन्दा सोविता फिट हुन्छिन्,’ रास्वपाले चितवन ३ मा मत माग्दा यही तर्क अगाडी सारेको छ ।
तर अचम्म के भने, रास्वपाका लागि यही तर्क देशका अन्य निर्वाचन क्षेत्रमा भने हराउँछ । भरतपुर महानगर अर्थात चितवन ३ बाहेकका अन्य निर्वाचन क्षेत्रमा फेरि रास्वपाको मुख्य एजेण्डा बनिहाल्छ, – निर्वाचन क्षेत्रको विकास, बाटोघाटो, पुल पुलेसा, सिञ्चाई आदी -इत्यादी ।
दुई बाटो, एउटै पार्टी
चुनावको संघारमा रास्वपाको राजनीति आज दुई बाटोमा हिँडिरहेको देखिन्छ । एक बाटोमा विकास देखाउने, भविष्यको सपना बेच्ने र अर्को बाटोमा विकासलाई प्रश्न बनाउने र व्यक्तिलाई निशाना बनाउने । यी दुई बाटो एउटै चोकमा आइपुग्दा मतदाता अलमलिन्छ । अहिले रास्वपाले मत तान्न यही निति अख्तियार गरेको छ ।
चितवन–३ मा रेनुले गरेको विकास, रेनुको सहनशीलता, उत्कृष्ट कार्यक्षमतालाई प्रश्न गर्ने ठाँउमा रास्वपा छैन । रास्वपामात्रै होइन, अन्य राजनीतिक दलले पनि चितवनमा रेनुले गरेको योगदान र विकासमा प्रश्न गर्न सक्ने ठाँउमा छैनन । यहाँ रेनुको विकासमा प्रश्न उठाउँदा चितवन – २ र चितवन – १ मा रास्वपाका सांसदले प्रतिनिधिसभामा चुनाव जितेर के गरे ? प्रश्न उठिहाल्छ । यसर्थ पनि रास्वपाले चितवनमा रेनुलाई पन्छाउन अनेक फण्डाको राजनीति शुरु गरेको छ ।
इमोशनल ब्ल्कमेलिङको साहारा
मतदाताका बीचमा रेनु आफैं लोकप्रिय छिन् । अघिल्लो कार्यकालमा चुनाव जितिरहँदा भन्दा दोस्रो कार्यकालमा उनले मतान्तर भारी मात्रामा बढाएकी थिइन् । उनीसँग झण्डै १५ देखि २० हजार भन्दा बढी मत आफ्नै कामका आधारमा निर्माण भएको लोकप्रियताको मत छ ।
अहिले त्यो मत भड्काउन रास्वपाले रेनुलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री प्रचण्डकी छोरीको पगरी गुथाउन कम्मर कसेर लागेको छ । भरतपुरबासीलाई थाहा छ, रेनु प्रचण्डकी छोरी हुन् । तर यहाँका मतदाता रेनुलाई प्रचण्डको छोरी भन्दा सफल मेयर रेनुका रुपमा चिन्छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
विधान संशोधनपछि संसदीय दलको नेता चयन गर्ने रास्वपाको तयारी
विधान संशोधन गर्दै रास्वपा, बालेन शाहलाई दल नेता चयन गर्ने तयारी
रास्वपाका नेता शिशिर खनालको चुनावी खर्च विवरण सार्वजनिक
रास्वपा सहमहामन्त्री आचार्यको चुनावी खर्च १६ लाख २९ हजार रुपैयाँ
रास्वपाले समानुपातिकमा मात्रै अब ४८ महिला छान्नुपर्ने
रास्वपा रुकुम पश्चिम सभापतिद्वारा पदबाट राजीनामा