काठमाडौँ । रास्वपा सांसद आशिष गजुरेलले सार्वजनिक यातायात सेवा अझ व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको बैठकको शून्य समयमा धारणा राख्दै उनले सार्वजनिक सवारीसाधनमा यात्रुले भोग्नुपरेको भिडभाड र असहज अवस्थाप्रति चिन्ता व्यक्त गरे।
सांसद गजुरेलले ठुलो सङ्ख्यामा नागरिक दैनिक रूपमा सार्वजनिक यातायातमा निर्भर रहनुपर्ने अवस्था रहेको उल्लेख गर्दै यात्रुहरूले सम्मानजनक र सहज यात्रा गर्न पाउनुपर्ने बताए।
उनका अनुसार ४० प्रतिशतभन्दा बढी नेपाली नागरिकको आवतजावत सार्वजनिक यातायातमार्फत हुने गरेको छ। यस्तो अवस्थामा सेवा व्यवस्थापन, सुरक्षा, विश्वसनीयता तथा यात्रुको सुविधा सुनिश्चित गर्न आवश्यक नीतिगत र व्यवस्थापकीय सुधारमा सरकारले प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ जेठ २०८३, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति
रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति