काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग एउटै मञ्चमा पब्लिक डिबेट नगर्ने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट फागुन २१ गतेको चुनावमा प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सारिएका शाहले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको भनाइमाथि कडा प्रतिक्रिया जनाउँदै पब्लिक डिबेटमा सहभागी नहुने बताएका हुन् ।
सामाजिक सञ्जालमार्फत आफूलाई देश जलाउने र आतङ्कवादीको रूपमा चित्रित गरिएको आरोपप्रति कडा प्रतिक्रिया जनाउँदै उनले ओली तयार भएको भनिएको पब्लिक डिबेटमा नबस्ने बताएका हुन् ।
बालेनले भदाै २३ गते बालबालिकाको हत्या र २४ गते भएको आगजनी घटनाको जिम्मेवारी आफूहरूमाथि थोपरिएको भन्दै आपत्ति जनाउँदै ओलीको पब्लिक डिबेटको प्रस्ताव प्रति कडा प्रतिक्रिया जनाएका हुन् ।
शाहले आफू बालबालिकाको हत्या र त्यसका मतियारसँग एउटै मञ्चमा नउभिने बताएका हुन्।
बालेनले भनेका छन्, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिने छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ माघ २०८२, १० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारीको सम्मान र सशक्तीकरण नै समुन्नत समाजको जग हो : बालेन शाह
रास्वपा वरिष्ठ नेता बालेन शाहले गरे मतदान
केही नेता र बिचौलियाले भ्रम सिर्जना गरेर किसानलाई मार्ने काम भएको बालेनको दाबी
समतामूलक समाज निर्माणमा मगर समुदायले निर्वाह गरेको भूमिका सम्मानजनक : बालेन शाह
रास्वपाले भावी प्रधानमन्त्री प्रस्ताव गरेका बालेनले अर्बौं रुपैयाँको दमक औद्योगिक पार्कबारे किन बोलेनन् ?
सुर्खेतमा समर्थकबाट घेरिए बालेन शाह