काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै काभ्रेपलान्चोकसहित विभिन्न जिल्लाका ५२ जना युवा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्।
काभ्रेपलान्चोक १ का प्रतिनिधि सभा उम्मेदवार सूर्य मान तामाङ ‘दोङ’को पहलमा उनीहरू आज नेकपा भित्रिएका हुन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खादा र माला लगाएर नवप्रवेशी युवाहरूलाई स्वागत गरे।
नवप्रवेशहरूलाई स्वागत गर्दै पार्टी संयोजक प्रचण्डले देश वर्तमान सङ्कटबाट मुक्त गराउन नेपाली कम्युनिस्ट पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याए।
पछिल्लो समय क्रान्तिकारी कम्युनिस्टसहित एमालेलगायत विभिन्न वामपन्थी दलबाट नेकपामा प्रवेश गर्ने क्रम तीव्र रूपमा बढेको बताए।
चुनावका क्रममा हुने आर्थिक तथा अन्य प्रकारका चलखेल रोक्न सकिए आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी पहिलो शक्ति बन्ने सम्भावना प्रबल रहेको जिकिर गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० माघ २०८२, १६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’