कारोबारसँगै बढ्यो सेयर बजार

सफल खबर संवाददाता

विहीबार, ०८ माघ २०८२, १६ : ०५
कारोबारसँगै बढ्यो सेयर बजार

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ९.२३ अंक बढेको छ ।

सो वृद्धिपछि नेप्से परिसूचक २७१४ अंकमा कायम भएको छ । आज कारोबारका क्रममा अन्तिम आधा घण्टामा बजार बढेको हो । अघिल्लो दिन बजार ९.४३ अंक घटेको थियो ।

कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ८ अर्ब ९२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ७ करोडको कारोबार भएको छ । 

प्रतिक्रिया दिनुहोस