बालेनले काठमाडौंको मेयरबाट आजै राजीनामा दिदै

रास्वपा बैठकमा पनि आजै सहभागी हुने

सफल खबर संवाददाता

आइतबार, ०४ माघ २०८२, १० : ४१
बालेनले काठमाडौंको मेयरबाट आजै राजीनामा दिदै

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज पदवाट राजीनामा दिन लागेका छन् । आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा चुनावमा भाग लिन उनले काठमाडौंको मेयर पदबाट राजीनामा दिन लागेका हुन् । 

उनले आज केही समयपछि राजीनामा दिने र राष्टिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुने कार्ययोजना बनेको छ । रास्वपाले केन्द्रीय समिति बैठकबाट उम्मेदवारहरुको चयन गदैछ ।

आगामी फागुन २१ मा हुने प्रतिनधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। दिउँसो २ बजेका लागि बैठक बोलाइएको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

'प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज पनि केन्द्रीय समिति बैठक बस्दैछ। आजको बैठकमा काठमाडौँको मेयरबाट राजीनामा दिएर वरिष्ठ नेता बालेन शाह पनि सहभागी हुनुहुनेछ,' उनले भने। 

उम्मेदवारी चयनको केन्द्रीय समिति बैठकपछि रास्वपा सभापति रावि लामिछानेसँगै उनी आजै जनकपुर जाने कार्यक्रम पनि छ । उनले र रवि लामिछानेले भोलि सोमबार जनकपुरमा आयोजित कार्यक्रममा सम्वोधन गर्नेछन् । त्यहा अमरेश सिंह, रहबर अन्सारी जस्ता नेताहरुलाई रास्वपा प्रवेश गराउने कार्यक्रम पनि छ ।

त्यससँगै बालेन झापाको दमक पुग्नेछन् । त्यहाँ झापाको क्षेत्र नम्बर ५ बाट उनले उम्मेदवारी दर्ता गराउँदैछन् । उनी त्यहाँ पूर्व प्रधामन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसँग चुनावी प्रतिस्पर्धामा उत्रने तयारी गरेका छन् । 

रास्वपाले बालेनलाई चुनाव पछिको भावी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडी सारिसकेको छ ।

प्रतिक्रिया दिनुहोस