काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन एवम् जनसभा गर्ने भएको छ।
एमाले बागमती प्रदेश कमिटीको आयोजनामा आज दिउँसो काठमाडौंको भृकुटीमण्डपमा निर्वाचन केन्द्रित जनप्रदर्शन हुने भएको हो।
भृकुटीमण्डपबाट सुरु हुने जनप्रदर्शन प्रज्ञाभवन कमलादीमा पुगेर जनसभामा परिणत हुने प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलले जानकारी दिए।
मध्यान्ह १२ बजेदेखि हुने प्रदर्शनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत सम्बोधन गर्नेछन्। एमालेले केही निर्वाचन क्षेत्रबाहेकमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार टुंग्याएको छ।
बागमती प्रदेश कमिटीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विशेष चुनावी अभियानको थालनी गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ माघ २०८२, ०८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह