एमालेले माघ ४ गते काठमाडौँमा शक्ति प्रदर्शन गर्ने

सफल खबर संवाददाता

विहीबार, ०१ माघ २०८२, १४ : ५६
एमालेले माघ ४ गते काठमाडौँमा शक्ति प्रदर्शन गर्ने

काठमाडौँ । नेकपा एमालेले माघ ४ गते काठमाडौँमा शक्ति प्रदर्शन गर्ने भएको छ।

पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर काठमाडौँमा ४ गते विशेष प्रदर्शनसहित फागुन २१ को निर्वाचनमा होमिने तयारी भएको बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेलले बताए।

जनप्रदर्शनपछि प्रज्ञा भवनमा हुने सभालाई पार्टी अध्यक्ष केपी ओलीबाट सम्बोधन हुने बताए। सभालाई अध्यक्ष ओलीले सम्बोधनसँगै चुनावको लागि आवश्यक निर्देशन दिने बताए। बागमतीको १८ सीटमा एमालेले अधिकतम जित्ने गरी रणनीति बनाइरहेको बताए।

सचिव महेश बस्नेतले पनि पार्टी ४ गतेबाट औपचारिक रूपमा चुनावमा होमिने बताए। आफूहरूले चुनावमा होमिने तयारी गरिराख्दा पनि सरकारले अझै वातावरण बनाउन नसकेको दाबी गरेका छन्। आगामी चुनावमा एमालेले बहुमत नभए सबैभन्दा ठुलो दल बन्ने उनको भनाइ छ।