काठमाडौँ । नेकपा एमालेले माघ ४ गते काठमाडौँमा शक्ति प्रदर्शन गर्ने भएको छ।
पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर काठमाडौँमा ४ गते विशेष प्रदर्शनसहित फागुन २१ को निर्वाचनमा होमिने तयारी भएको बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेलले बताए।
जनप्रदर्शनपछि प्रज्ञा भवनमा हुने सभालाई पार्टी अध्यक्ष केपी ओलीबाट सम्बोधन हुने बताए। सभालाई अध्यक्ष ओलीले सम्बोधनसँगै चुनावको लागि आवश्यक निर्देशन दिने बताए। बागमतीको १८ सीटमा एमालेले अधिकतम जित्ने गरी रणनीति बनाइरहेको बताए।
सचिव महेश बस्नेतले पनि पार्टी ४ गतेबाट औपचारिक रूपमा चुनावमा होमिने बताए। आफूहरूले चुनावमा होमिने तयारी गरिराख्दा पनि सरकारले अझै वातावरण बनाउन नसकेको दाबी गरेका छन्। आगामी चुनावमा एमालेले बहुमत नभए सबैभन्दा ठुलो दल बन्ने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ माघ २०८२, १४ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह