एजेन्सी । कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको छ। रोमाञ्चक बनेको खेलमा आर्सनलले चेल्सीलाई ३-२ गोल अन्तरले हराएको हो।
घरेलु मैदान स्टमफोर्ड ब्रिजमा चेल्सीका लागि गोलकिपर रोबर्ड सान्चेजको एउटा गल्ती महंगो सावित भयो। खेलको सातौं मिनेटमा आर्सनलले खेलमा अग्रता लिएको थियो। उसका लागि बेन ह्वाइटले पहिलो हेड गोल गरेका हुन्।
दोस्रो हाफको सुरुवातमै आर्सनलका लागि भिक्टर ग्योकेरेसले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए। टिम २–० ले पछाडि परेको अवस्थामा चेल्सीका अलेन्ड्रो गर्नाचो मैदान प्रवेश गरेका थिए। वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका गर्नाचोले दुई गोल गर्दै चेल्सीको खेलमा उत्कृष्ट प्रदर्शन गरे। उनले खेलको ५७ औंँ र ८३ औँ मिनेटमा गोल गरेका हुन्।
आर्सनलका लागि खेलको ७१ औं मिनेटमा मार्टिन जुविमेन्डीले गोल गरे। आर्सनल प्रतियोगिताका पछिल्ला १० खेलमा अपराजित छ। चेल्सीले भने १३ खेलमा तीन जित मात्र हात पारेको छ। दोस्रो लेग फेब्रुअरी ३ मा आर्सनलको मैदानमा हुनेछ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०१ माघ २०८२, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आर्सनल दुई दशकपछि च्याम्पियन्स लिगको फाइनलमा
प्रिमियर लिगः बर्नमाउथविरुद्ध आर्सनलको कमब्याक जित
आर्सनल शीर्ष स्थानमा फर्किंदा दोस्रोमा झर्यो सिटी