प्रिमियर लिगः बर्नमाउथविरुद्ध आर्सनलको कमब्याक जित

एजेन्सी

आइतबार, २० पुस २०८२, ०७ : १९
प्रिमियर लिगः बर्नमाउथविरुद्ध आर्सनलको कमब्याक जित

एजेन्सी । इंलिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा बोर्नमाउथलाई हराउँदै आर्सनल शीर्ष स्थानमा कायम छ । बोर्नमाउथविरुद्ध ३-२ को जितसँगे आर्सनलले शीर्ष स्थानमा आफूलाई दरिलो बनाएको छ ।

खेलमा सुरुवाती अग्रता लिएको बोर्नमाउथविरुद्ध आर्सनलले कमब्याक जित निकालेको हो । खेलको १० औं मिनेटमा बोर्नमाउथका लागि इभानिल्सले सुरुवाती गोल गरेका थिए । त्यसको ६ मिनेटपछि आर्सनल खेलमा फर्किएको थियो ।

खेलको १६ औं मिनेटमा गाब्रियलको गोलमा आर्सनलले बराबरी गरेको हो । पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा थप गोल भए ।

खेलको ५४ र ७१ मिनेटमा आर्सनलका लागि डेक्लान राइसले दुई गोल गर्दै गर्दै ३-१ को अग्रता बनाए । बोर्नमाउथका लागि ७६ औं मिनेटमा जुनियर क्रुपीले गोल गर्दै खेल ३-२ मा टुंग्याएका हुन् ।

प्रतिक्रिया दिनुहोस