काठमाडौँ । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अघिको वार्म अप खेलमा नेपाल आयरल्यान्डसँग पराजित भएको छ ।
नेपाल बलियो टोली आयरल्यान्डसँग ९९ उनले पराजित भएको हो । आयरल्यान्डले दिएको २०१ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १०१ रनमा अल आउट भयो ।
नेपालका लागि कविता जोशीले सर्वाधिक २८ तथा बिन्दु रावलले २५ रन बनाइन् । कप्तान इन्दु बर्माले १२ रन बनाइन् । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २०० रन बनाएको थियो । कप्तान गेबी लेविसले ३८ बलमा ७७ रनको विस्फोटक इनिङ खेलेर रिटायर आउट भइन् ।
त्यस्तै, ओर्ला पेन्डरगास्टले २९ बलमा ६२ रनको आक्रामक पारी खेलिन् । उनी पनि रिटायर आउट भइन् । लिया पलले २१ रन बनाइन् ।
नेपालका लागि रुबिना क्षेत्रीले २ तथा रिया शर्माले १ विकेट लिए ।
यो खेलको कुनै अन्तर्राष्ट्रिय वा टी-२० मान्यता भने हुने छैन । नेपालले अब शुक्रबार अमेरिकासँग दोस्रो वार्मअप खेल खेल्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० पुस २०८२, १४ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै
नेपालमा टर्की दूतावास स्थापना सम्भावनाबारे सकारात्मक संकेत
अमेरिकी उच्च अधिकारी नेपाल आएलगत्तै भारतीय उच्च अधिकारीको पनि भ्रमण
नेपाल-कतार सम्बन्ध सुदृढीकरणमा जोड
नेपालले यूएईसँग दुई टी-२० म्याच खेल्ने
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर