काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गरेकी छिन्।
सिंहदरवारको पश्चिमद्वारअगाडिको चोकमा आयोजित विशेष समारोहमा आज प्रधानमन्त्री कार्की सरिक भई पृथ्वीनारायणप्रति सम्मान व्यक्त गर्दै सालिकमा पुष्पगुच्छा अर्पण गरेकी हुन् ।
सोही कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरेका थिए । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी पनि अर्पण गरेको थियो।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरे, नेपाल सरकारका मन्त्रीगण लगायतको पनि उपस्थिति थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ पुस २०८२, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगामी निर्वाचनबारे हालसम्मको कार्य प्रगतिका विषयमा प्रधानमन्त्री कार्कीले लिइन जानकारी
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?
प्रधानमन्त्री कार्कीसँग थारु कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलको भेट
‘राजनीति होस् या सांस्कृतिक फाँट, युवा नै अघि सर्नुपर्छ’ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीसहित सरकारी टोलीद्वारा दुर्गा प्रसाईँसँग छलफल
देश युवाले चाहेजस्तो बनाउने दिशामा अघि बढेको छ: प्रधानमन्त्री कार्की