काठमाडौँ। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधि सभाको चुनाव लड्ने भएका छन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले सामाजिक सञ्जाल फेसबुकबाट धरान उपमहानगर रहेको क्षेत्रबाटै चुनाव लड्ने जानकारी दिएका हुन् । ‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु,’ साम्पाङले लेखेका छन् ।
२०७९ को चुनावमा स्वतन्त्र उम्मेदवार बनेर मेयर जितेका साम्पाङले केही समय अघि श्रम संस्कृति पार्टी गठन गरेका छन् ।
पार्टी गठनपछि देश दौडाहामा रहेका साम्पाङले खोटाङबाट चुनाव लड्न सक्ने अनुमान गरिएको थियो । तर उनले सुनसरी-१ बाटै चुनाव लड्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ पुस २०८२, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन जहाँबाट उठे पनि चुनाव हराउने हर्क साम्पाङको चेतावनी
श्रम संस्कृति पार्टी कसैसँग नमिल्ने हर्क साम्पाङको स्पष्टीकरण
बालेनलाई प्रधानमन्त्री बनाउने सहमतिलाई हर्क साम्पाङले यसरी हाँसोमा उडाए
हर्क साम्पाङको पार्टीले पायो आधिकारिकता
हर्क साम्पाङले दल दर्ताका लागि गरे सनाखत
हर्क साम्पाङले मागे सुशीला कार्कीको राजीनामा