काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि ९ उम्मेदवार टुंगो लगाएको छ । काँग्रेस कार्यसम्पादन समितिको बैठकले ९ उम्मेदवारको टुंगो लगाएको हो ।
काँग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच चुनावी तालमेलका लागि छलफल जारी रहेका बेला काँग्रेसले सातै प्रदेशमा चयन गरिएका उम्मेदवार भन्दै नामावली सार्वजनिक गरेको हो ।
एक शीर्ष नेताका अनुसार कोशी प्रदेशबाट सुनिल बहादुर थापा (अन्य), मधेश प्रदेशबाट धर्मेन्द्र पासवान (दलित) र रन्जित कर्ण (अपांगता), बागमती प्रदेशबाट गीता देवकोटा (महिला)लाई उम्मेदवार बनाउने निर्णय काँग्रेसले गरेको छ ।
यसैगरी अन्य उम्मेदवारहरूमा गण्डकी प्रदेशबाट जगत तिमिल्सिना (अन्य), लुम्बिनी प्रदेशबाट वासुदेव घिमिरे जंगली (अपांगता) र चन्द्रबहादुर (केसी), कर्णाली प्रदेशबाट ललितजंग शाही (अन्य) र सुदूरपश्चिमबाट खम्मबहादुर खाती (अन्य) छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ पुस २०८२, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसका महाधिवेशन प्रतिनिधि ‘खोसाखोस’ !
राष्ट्रिय सभामा काँग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित
कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको तयारी तिव्र : १८ वटा उपसमिति गठन, विशेष महाधिवेशन महामन्त्रीद्दयले आजै आह्रवान गर्ने
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
राष्ट्रिय सभा निर्वाचनमा एमाले र नेकपासँग तालमेल गर्ने काँग्रेसको निर्णय
विशेष महाधिवेशन पक्षधरले गरे काँग्रेस केन्द्रीय कार्यालय घेराउ