सामुदायिक विद्यालयबारे बढी गुनासो मधेशबाट आउँछ: शिक्षामन्त्री पुन

सफल खबर संवाददाता

आइतबार, २० पुस २०८२, १९ : ३५
सामुदायिक विद्यालयबारे बढी गुनासो मधेशबाट आउँछ: शिक्षामन्त्री पुन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मधेशका सामुदायिक विद्यालय, शिक्षक र व्यवस्थापन समितिको बारेमा सबैभन्दा बढी गुनासो आउने गरेको बताएका छन् ।

साक्षर मधेश प्रदेश घोषणा तयारी सम्बन्धी एक दिवसीय गोष्ठीमा उनले सातवटा प्रदेश मध्ये आधाभन्दा बढी गुनासो मधेश प्रदेशबाट आउने गरेको खुलाए ।

‘सामुदायिक विद्यालयको विषयमा थरीथरीका गुनासो आउने गरेका छन् । सातवटा प्रदेश मध्ये आधाभन्दा बढी मधेश प्रदेशका सामुदायिक विद्यालयको गनासो म कहाँ आएको छ,’ उनले भने, ‘विद्यालय भवन भएको, शिक्षक भएको तर पढाइ नभएको, शिक्षक, व्यवस्थापन समितिले बदमासी गरेका कुराहरू सम्बन्धि गुनासो आउने गरेको छ । मैले त्यस्ता अव्यवस्थित विद्यालयको नाम संकलन गर्न टोली पठाएको छु ।’

प्रतिक्रिया दिनुहोस