काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि निर्माण गर्न लागिएको ‘ओली कुटी’ इन्जिनियरलाई ‘सख्त कारवाही’ गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा आफ्नै शैलीको स्टाटास लेख्दै उनले ‘ओली कुटी’ बारे व्यंग्यात्मक टिप्पणी गरेका हुन् ।
उनले ओलीका लागि बनाइने भनिएको घरको थ्रिडी नक्सासमेत फेसबुकमा राख्दै लेखेका छन्, ‘यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई सख्त कारबाही गर्नु पर्छ । अनि घोर बेइज्जती तथा मानहानीको मुद्दा लगाउनु पर्छ भन्ने मेरो माग छ ।’
उनी थप्छन्, ‘हाकिमले २ जना बस्ने कुटीको नक्सा बनाएर ल्याऊ भनेपछि यत्रो ठूलो दरवारको नक्सा बनाइदिनुहुन्छ त उसले ? कहाँसम्मको लापरवाही हो यो ? पुनले अन्त्यमा : ‘एक छिन रमाइलो’ भन्दै आफ्नो स्ट्याटसमा गम्भीर भाव नरहेको संकेत गरेका छन् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ मंसिर २०८२, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने शिक्षामन्त्रीको चेतावनी
शिक्षक, प्राध्यापक र कर्मचारीका राजनीतिक संगठनलाई मान्यता नदिने शिक्षामन्त्री पुनको निर्णय
शिक्षामन्त्री पुनलाई शिक्षक महासंघको ध्यानाकर्षण
शिक्षामन्त्री पुनलाई विद्या भट्टराईको ३० सुझाव
‘नास्टमा काम नभएको गुनासो छ, आफैँ मूल्यांकन गर्नुस्’ : शिक्षामन्त्री पुन
त्रिवि पदाधिकारीलाई शिक्षामन्त्री पुनको प्रश्न- नतिजा कति दिनमा सार्वजनिक हुन्छ ?