‘नास्टमा काम नभएको गुनासो छ, आफैँ मूल्यांकन गर्नुस्’ : शिक्षामन्त्री पुन

सफल खबर संवाददाता

बुधबार, २२ असोज २०८२, १५ : १५
‘नास्टमा काम नभएको गुनासो छ, आफैँ मूल्यांकन गर्नुस्’ : शिक्षामन्त्री पुन

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) बाट काम नभएको भन्ने गुनासो आउने गरेको बताएका छन् ।

बुधबार अवलोकनका लागि नास्ट पुगेका मन्त्री पुनले ४३ वर्षको अवधिमा धेरै राम्रा काम भएको भए पनि कुनै कुनै भने गर्न सकिने काम पनि नभएको बताए ।

‘नास्ट सुरु भएको धेरै वर्ष भयो । काम भएन भन्ने कम्प्लेन आउँछ । यो विज्ञान प्रविधिको विकासको लागि भनेर खोलेको संस्था हो,’ मन्त्री पुनले भने, ‘४३ वर्ष पुग्न लाग्यो । यो अवधिमा धेरै राम्रो काम भएको छ । तर कुनै गर्न सकिने काम भएको छैन । आफैँ मूल्यांकन गर्नुहोला ।’

अवलोकनमा लागि पुगेका मन्त्री पुनलाई उपकुलपति लिलिप सुब्बाले स्वागत गरेका थिए ।

नास्टका प्रविधि संकायका प्रमुख डा. सुरेश ढुंगेलका अनुसार मन्त्री पुनले प्रविधि प्रयोगशाला लगायतको निरीक्षण गरेका छन् ।