काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको नामावली पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ ।
पार्टी विधानको धारा ११७ उपधारा (३) मा व्यवस्था भए बमोजिम उम्मेदवार सम्बन्धी मापदण्ड र योग्यता पूरा गरेका योग्य व्यक्तिहरू मध्येबाट उम्मेदवार चयन गरी उम्मेदवारको नामावली पठाउन पार्टी प्रदेश समिति र जिल्ला समितिलाई निर्देशन गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
माघ १६ गते पार्टीद्वारा जारी गरिएको परिपत्रअनुसार प्रत्येक प्रतिनिधि सभा क्षेत्रीय समितिको निर्णयसहित उम्मेदवारहरूको नामावली सङ्कलन गरी रायसहित सात दिनभित्र अनिवार्य रूपले पार्टी केन्द्रीय कार्यालयमा पुग्ने गरी नामावली पठाउन बिहीबार प्रदेश समिति र जिल्ला समितिलाई अनुरोध गरिएको उनले बताए ।
उम्मेदवारमा सिफारिस गरिएका व्यक्तिहरूको राजनीतिक पृष्ठभूमि र पार्टीमा पुर्याएको योगदानसमेत उल्लेख गरी पठाउन भनिएको छ ।
उम्मेदवारहरूको अन्तिम टुंगो भने पार्टी अध्यक्ष उपेन्द्र यादव संयोजकत्वको संघीय संसदीय बोर्डले गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ पुस २०८२, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विभिन्न दलसँग एकता र सहकार्यका लागि जसपा नेपालले बनायो वार्ता समिति
निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने निर्णय फिर्ता लिन जसपा नेपालको आग्रह
जसपा नेपाल चितवन-३ का उम्मेदवार सुनार नेकपामा प्रवेश
जसपा नेपालको घोषणापत्र सार्वजनिक
जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी
जसपा नेपालका उपाध्यक्षसहितका नेता नेकपामा प्रवेश