काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावी सन्ततिलाई पनि मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेका छन् ।
आज नेपाल मगर संघको एक प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफ्नो मौलिक संस्कार, संस्कृति र परम्पराको जगेर्ना गरी नयाँ पिँढीमा हस्तान्तरण गर्दै लैजानुपर्ने धारणा राखेकी हुन् ।
संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरको अध्यक्षतामा आएको टोलीले प्रधानमन्त्री कार्कीलाई आउँदो माघे संक्रान्तिमा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन निम्ता पनि दिएको छ ।
निमन्त्रणा प्रदान गर्न टोली आफ्नो परम्पराअनुसार सगुनसहित बालुवाटार आएको थियो ।
सांस्कृतिक पहिचान झल्किने गरी परम्परागत पोशाकमा आएको टोलीसँगको कुराकानीमा प्रधानमन्त्री कार्कीले भने, ‘अब राजनीति होस् या सांस्कृतिक फाँटमा किन नहोस्, युवालाई नै अघि सार्नुपर्छ । विविध मौलिक परम्परा र संस्कृति हाम्रा अमूल्य निधि हुन् । तिनको जगेर्ना गर्दै नयाँ पिँढीलाई हस्तान्तरण गर्दै जानुपर्छ ।’
टोलीमा संघका पदाधिकारी, कलाकार तथा जेन जेड अभियन्ताहरू पनि सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १७ पुस २०८२, १९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनको मागहरू नयाँ सरकारले पूरा गरोस् : प्रधानमन्त्री कार्की (पूर्णपाठ)
राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की
असामान्य परिस्थितिमा पनि निर्वाचन गर्न सफल भएकोमा प्रधानमन्त्री कार्कीद्वारा खुसी व्यक्त
प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको शिष्टाचार भेट
प्रधानमन्त्री कार्कीद्वारा जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजा अर्चना
कर्णाली भ्रमणमा प्रधानमन्त्री कार्की