काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावी सन्ततिलाई पनि मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेका छन् ।
आज नेपाल मगर संघको एक प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफ्नो मौलिक संस्कार, संस्कृति र परम्पराको जगेर्ना गरी नयाँ पिँढीमा हस्तान्तरण गर्दै लैजानुपर्ने धारणा राखेकी हुन् ।
संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरको अध्यक्षतामा आएको टोलीले प्रधानमन्त्री कार्कीलाई आउँदो माघे संक्रान्तिमा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन निम्ता पनि दिएको छ ।
निमन्त्रणा प्रदान गर्न टोली आफ्नो परम्पराअनुसार सगुनसहित बालुवाटार आएको थियो ।
सांस्कृतिक पहिचान झल्किने गरी परम्परागत पोशाकमा आएको टोलीसँगको कुराकानीमा प्रधानमन्त्री कार्कीले भने, ‘अब राजनीति होस् या सांस्कृतिक फाँटमा किन नहोस्, युवालाई नै अघि सार्नुपर्छ । विविध मौलिक परम्परा र संस्कृति हाम्रा अमूल्य निधि हुन् । तिनको जगेर्ना गर्दै नयाँ पिँढीलाई हस्तान्तरण गर्दै जानुपर्छ ।’
टोलीमा संघका पदाधिकारी, कलाकार तथा जेन जेड अभियन्ताहरू पनि सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १७ पुस २०८२, १९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्कीसहित सरकारी टोलीद्वारा दुर्गा प्रसाईँसँग छलफल
देश युवाले चाहेजस्तो बनाउने दिशामा अघि बढेको छ: प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको भेट
प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल सुरु
प्रधानमन्त्री कार्कीद्वारा शीर्ष नेताको संयुक्त बैठक आह्वान
प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्था परिमार्जनका लागि गृहकार्य भइरहेको प्रधानमन्त्रीको दाबी