तीस बिघामा लगाएको गाँजा प्रहरीबाट फडानी

सफल खबर संवाददाता

बुधबार, १६ पुस २०८२, ०९ : ४५
तीस बिघामा लगाएको गाँजा प्रहरीबाट फडानी

File Photo

हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा ३० बिघामा लगाइएको गाँजा र अफिमखेती प्रहरीले नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार अभियान नै सञ्चालन गरेर २१ बिघामा लगाइएको गाँजा र नौ बिघामा लगाइएको अफिम नष्ट गरिएको हो ।

अभियानका क्रममा राक्सिराङ गाउँपालिका– १, ६, ७ र ८ तथा कैलाश गाउँपालिका– १, २, ३, ५, ६ र ९ का विभिन्न स्थानमा गरिएको गाँजा र अफिमखेती फडानी गरी नष्ट गरिएको हो । गाँजा फडानी अभियानलाई निरन्तरता दिइने बोगटीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस