यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

बुधबार, १६ पुस २०८२, ०६ : ४३
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ११ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १०५ रुपैयाँ १३ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस