पार्टीभित्र हलचल : कुन कुन दल मिले ? कुन दल मिल्दैछन् ?

चुनावी समीकरणले बदलिँदै दलहरूको अनुहार

सफल खबर संवाददाता

सोमबार, १४ पुस २०८२, ०९ : ५६
पार्टीभित्र हलचल :  कुन कुन दल मिले ? कुन दल मिल्दैछन् ?

काठमाडौं । नेपालका हरेक जसो राजनीतिक दलमा अहिले चुनाव मुखैमा आउँदा एकता र धुव्रिकरणको प्रक्रिया तीव्र भएको छ । जसले नेपालका राजनीतिक दलभित्र हलचल नै पैदा गरिदिएको छ ।  कांग्रेस र एमाले बाहेक अन्य दलहरुमा एकता र धुव्रीकरणको तरंग दिनैपिच्छे आईरहेको छ ।

परम्परागत शक्तिका रुपमा रहेका कांग्रेस र एमालेमा भने त्यस्तो धुव्रिकरणको प्रक्रिया चलेको देखिएको छैन । तर, नेपालको एमाले बाहेकका अन्य वाम शक्तिहरु पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को नेतृत्वमा गोलवद्द हुन थालेका छन् भने वैकल्पिक राजनीतिक धारसहित राजनीतिमा आएको बाताएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वैकल्पिक शक्तिहरुको मियो बन्न थालेको छ ।

यही मेसोमा अन्य मधेस केन्द्रीत दलहरु पनि मिल्न थालेका छन् । उदेश्य, राजनीति एउटै भएका तर विभिन्न समयमा आ आफना ब्यक्तिगत स्वार्थकाकारण छिन्नभिन्न भएका दलहरु पनि राजनीतिक अस्तित्व जोगाउन फेरि एक हुन थालेका छन् । त्यसको उदाहरण लोसपा र जसपाबीचको एकता, रेशम चौधरी र रन्जिता श्रेष्ठ बुढाबुढीवीचको पार्टी एकता लगायतले पनि देखाएको छ ।

यी पार्टीहरु विगतमा एकै पार्टीमा थिए । तर ब्यक्तिगत स्वार्थ र महत्वांकाक्षाका कारण टुटफुट भएका थिए । फेरि चुनावमो मुखमा आफनो हैसियत खुम्चिने डरले फेरि एकताको लहरमा लागेका छन् । तर केही एकता भने विचार, सिद्दान्त एकै हुने तर फरक फरक पार्टीको अस्तित्वमा रहँदा अन्य शक्तिहरुले फाइदा लिने देखेर पनि एक हुन थालेका छन् । 

माओवादी, एकीकृत समाजवादी, समाजवादी पार्टी नेपाल लगायत वाम शक्तिहरुको एकता एउटै वाम धुव्रिकरण नहुँदा अन्य शक्तिले फाइदा लिएको निश्कर्षसहितको एकता देखिन्छ । त्यसका लागि झण्डै एक दर्जन साना ठूला वाम घटक मिलेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बनाएका छन् ।

अर्काेतिर परम्परागत कांग्रेस, एमाले, माओवादी लगायत दलहरुले मुलुकलाई निकास दिन सकेनन, जसकोकारण वैकल्पिक राजनीति गर्नुपर्छ भन्दै उदाएका शक्तिहरुले पनि वैकल्पिक शक्ति एक नहुने हो भने फेरि पूरानै पार्टी चुनाववाट आउने देखेपछि नयाँ एकता र धुव्रिकरण सुरु गरेका छन् । त्यसको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको छाताभित्र विवकेशीला साझा पार्टी, काठमाडौं महानगरपालिकाका मेयर बालेन सह लगायत शक्ति केन्द्रीत भएका छन् । 

दलहरुबीचमा भईरहेको यो एकता र धुव्रिकरणले नेपाली राजनीतिमा भने नयाँ तरंग पैदा गरेको छ । फागुन २१ मा तय भएको चुनावमा आउने नतिजा के होला ? दलहरुको धुव्रिकरण र एकताले अहिले नै अनुमान लगाउन गाह्रो बनाईदिएको छ । खासगरी नयाँ भन्ने शक्तिहरु एक ठाँउमा आउँदा पूराना पार्टीहरुलाई निक्कै चुनौति थपिदिएको विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ ।

जसपा–लोसपा एकता 

वैकल्पिक राजनीतिक धार सुरु गरेका रवि लामिछाने र बालेन साहबीचको एकता टुंगो लागेकै दिन बेलुकी महन्थ ठाकुरको लोसपा र उपेन्द्र यादवको जसपाबीच पार्टी एकता गर्ने निर्णय भएको थियो । अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरसहित दुवै पार्टीका पदाधिकारीहरुको काठमाडौंमा आइतबार (पुस १३ गते) बसेको संयुक्त बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो ।

‘देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन तथा विश्लेषण गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, समाजिक न्यायलगायतको अग्रगामी परिवर्तनका मुद्दाहरुलाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात गरी जसपा, नेपाल र लोसपा नेपाल पार्टी एकीकरण गर्ने निर्णय गरियो’ जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरले दुवै पार्टीका पदाधिकारीसहितको बैठकमा एकता गर्ने सहमति पछि हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।

१० वैशाख २०७७ मा तत्काली संघीय समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी ९राजपा० एकीकरण भएर जसपा बनेको थियो । डेढ वर्ष नपुग्दै २०७८ को भदौ दोस्रो साता जसपा नेपाल विभाजन भएर महन्थ ठाकुर नेतृत्वको लोसपा बनेको थियो । अहिले उनीहरु फेरि एक ठाँउमा आईपुगेका हुन् । 

प्रलोप र उज्यालो नेपालबीच एकता तयारी

रवि, बालेन र कुलमान एकै ठाँउमा केन्द्रीत हुने भनेपनि कुलमान बाहिर परेका छन् । आइतबार मध्यरातसम्म काठमाडौं महानगरपालिकामै भएको रवि, बालेन र कुलमानबीचको छलफल निश्कर्षमा पुगन सकेन । बालेन कुलमानप्रति उदार र लचक देखिएपनि रवि लामिछाने बालेन जत्ति लचक देखिएका छैनन । 

कुलमान संरक्षक रहेर उज्यालो पार्टी नेपाल गठन भएको छ । उक्त पार्टीले नाम, चुनाव चिन्ह र नेतृत्व सबै रास्वपाको स्वीकार गरेर जाादा आफहुरु विलिन भएको सन्देश जाने बताएपछि रविसँग कुलमानको कुरा मिल्न नसकेको हो । जसकाकारण कुलमान अहिले प्रगतीशिल लोकतानित्रक पार्टी (प्रलोप) पार्टीसँगको एकताको छलफलमा छन् ।

प्रलोप पूर्व प्रधानमन्त्री डा बाबुराम भटटराई, जनार्दन शर्मा, सन्तोष परियार लगायत नेताहरु रहेको पार्टी हो । उक्त पार्टीसँग आज दिनभर छलफल गरेर एकता वा सहकार्यका विषयमा यी दुई पार्टीले एउटा छिनोफानो लगाउने तयारी गरेको नेताहरुको भनाई छ ।

श्रीमान श्रीमतीको पार्टीवीच एकता

नागरिक उन्मुक्ति पार्टी र नागरिक उन्मुक्ति नेपाल पार्टी श्रीमान श्रीमतीको पार्टी हो । रेशम चौधरी र रञ्जिता श्रेष्ठ उक्त पार्टीका नेता हन् । पहिले एकै पार्टीमा भएपनि बीचमा दरार आएपछि बुढाबुढी नै अलग अलग पार्टी बनाउने गरी विभाजित भएका थिए । तर फेरि चुनावको मुखमा अहिले उनीहरु एक भएका छन् । 

गत भदौमा विभाजन भएको सो पार्टीबिच शनिबार पुनः एकता भएको हो । श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी आन्तरिक विवादमा फसेपछि चौधरीले भदौ २९ गते सो पार्टीबाट अलग भएको घोषणा गरेका थिए । 

त्यहाँबाट अलग भएर कात्तिक २ गते उनले निर्वाचन आयोगमा आफू संरक्षक रहने गरी कविर सोबको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेका थिए । अहिले उनीहरुबीच फेरि एकता भएको हो । 

नागरिक उन्मुक्ति पार्टी नेपालले राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग चुनावी एकता गरेर एउटै चुनाव चिह्नमा निर्वाचनमा भाग लिने सहमति गरिसकेको छ ।

कांग्रेस र एमालेमा बाहेक अन्य प्रायः सबै पार्टीमा राजनीतिक उथलपुथल भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस