काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा बालेन शाहको भागमा ४० जना पर्ने भएका छन् । रवि लामिछाने र बालेनबीच आइतबार बिहान यो सहमति भएको हो ।
निर्वाचन आयोगमा आज र भोलि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको नामावली बुझाउने कार्यक्रम छ । समानुपातिकतर्फ ११० जनाको नाम बुझाउनु पर्छ । त्यसमा बालेन शाह पक्षका ४० र बाँकी रास्वपाका उम्मेदवारहरूको नामावली बुझाउने सहमति भएको स्रोतले बताएको छ ।
रास्वपा र बालेनबीच भएको ७ बुँदे सम्झौता पत्रमा यो विषय उल्लेख भने छैन । तर यसबारे मौखिक समझदारी भएको बताइएको छ । विभिन्न जेन जेड समूहका अगुवा पनि बालेनको सूचीमा पर्ने स्रोतको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ पुस २०८२, १४ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविसँग बालेन र कुलमानको आ– आफ्नै प्रस्ताव
बालेन र डा. बाबुराम भट्टराईबीच भेटवार्ता, के भयो छलफल ?
बालेन–रवि भेटघाटको रहस्य: राजनीतिक संकेत कि औपचारिक छलफल?
रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता
कुलमानले बालेनसँग भेटेको तस्वीर किन सार्वजनिक गरे ?
बालेनविरुद्ध एमाले निकट युवा संघद्वारा साइबर ब्युरोमा उजुरी