काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले २ हप्तापछि महानगरको जिम्मेवारी छोड्ने भएका छन् ।
फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने पक्का भएपछि उनले जिम्मेवारी छोड्ने तयारी गरेका हुन् ।
आज बिहान मेयर बालेन र रास्वपा सभापति रवि लामिछाने बिच बालेन रास्वपाबाट चुनाव लड्ने र प्रधानमन्त्री हुने सहमति भएको थियो । सहमति अनुसार प्रधानमन्त्री हुन उनले माघ ६ गते भित्र महानगरको प्रमुखको पदबाट राजीनामा दिनुपर्ने कानुनी बाध्यता रहेको छ ।
काठमाडौँ महानगरपालिकामा बालेनको कार्यकाल अझै १६ महिना बाँकी छ । तर उम्मेदवार हुने भएपछि उनले २ हप्ताभित्र राजीनामा दिने तयारी गरेका हुन् ।
‘केही कामहरू बाँकी छन् । दुई हप्ताभित्र सकिएला कि भन्ने छ । अब त्यो विषयमा त्यहाँको प्राविधिक विषयहरू र राजनीतिक रूपमा पनि हेरेर एउटा उचित समयमा हुन्छ । त्यो भनेको दुई हप्ता जस्तो नै हो ।’ मेयर बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ पुस २०८२, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरबारमा बालेन र सात मुख्यमन्त्रीको गम्भीर मन्थन: तीन घण्टासम्म के भयो कुराकानी?"
टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन
बालेन शाहले लिए प्रधानमन्त्रीको शपथ
नारीको सम्मान र सशक्तीकरण नै समुन्नत समाजको जग हो : बालेन शाह
रास्वपा वरिष्ठ नेता बालेन शाहले गरे मतदान
केही नेता र बिचौलियाले भ्रम सिर्जना गरेर किसानलाई मार्ने काम भएको बालेनको दाबी