काठमाडौं । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बजारबाट २० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ ।
राष्ट्र बैंकले १२ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत २० अर्ब रुपैयाँ खिच्न लागेको हो ।
निक्षेप संकलनको बोलकबोल आइतबार (पुस १३) हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो २ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्नुपर्नेछ ।
यसको साँवा र ब्याज भुक्तानी भने यही पुस २५ गते हुने बताइएको छ ।
साथै, यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी निष्कासित रकमबराबर बोलकबोल गर्न सक्नेछन् ।
निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलकबोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखी क्रमशः बाँडफाँट गरिने पनि राष्ट्र बैंकले जनाएको छ ।
बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । यसअघि राष्ट्र बैंकले पुस ९ गते १६ दिनका लागि २५ अर्ब रुपैयाँ तरलता बजारबाट खिचेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ पुस २०८२, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै
अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई
४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब निक्षेप तान्दै
तरलता व्यवस्थापनका लागि ४० अर्ब रुपैयाँ संकलन गर्ने राष्ट्र बैंकको तयारी