‘प्रधानमन्त्री र शीर्ष नेताबीचको छलफलमा चुनाव गर्ने समझदारी भएको छ’: मन्त्री खरेल

सफल खबर संवाददाता

शनिबार, १२ पुस २०८२, २० : १३
‘प्रधानमन्त्री र शीर्ष नेताबीचको छलफलमा चुनाव गर्ने समझदारी भएको छ’: मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की र मुख्य राजनीतिक दलका शीर्ष नेताबीच तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने समझदारी भएको बताएका छन् । 

आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्की, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको उच्चस्तरीय वार्ताले चुनावमा जाने निष्कर्ष निकालेको उनले जानकारी दिए । 

बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै तथा सरकारका प्रवक्ता खरेलले भने, “एमालेका अध्यक्ष ओलीले स्पष्ट रूपमा एमाले चुनावमा जान तयार छ, तर सरकारले वातावरण बनाओस् भनेका छन् । काँग्रेस सभापति देउवाले पनि अब संसद् पुन:स्थापना नभई निर्वाचनमा जाने कुरालाई स्पष्टसँग भन्नुभएको छ ।”

प्रतिक्रिया दिनुहोस