काठमाडौँ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले शुक्रबार प्रमुख तीन दलका शीर्ष नेतालाई भेट्ने भएका छन् ।
सञ्चारमन्त्रीको सचिवालयका अनुसार खरेलले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डलाई भेट्न लागेका हुन् । भेटका क्रममा चुनावको विषयमा छलफल हुने बताइएको छ ।
खरेलले सबैभन्दा पहिले देउवालाई महाराजगन्जस्थित निवासमै गएर भेट गर्नेछन् । त्यसपछि ११ बजे ओलीलाई गुण्डु निवास र प्रचण्डलाई खुमलटारस्थित निवासमै भेट्नेछन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ पुस २०८२, १० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार