देउवा, ओली र प्रचण्डलाई भेट्दै संचारमन्त्री खरेल

सफल खबर संवाददाता

शुक्रबार, ११ पुस २०८२, १० : ०४
देउवा, ओली र प्रचण्डलाई भेट्दै संचारमन्त्री खरेल

काठमाडौँ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले शुक्रबार प्रमुख तीन दलका शीर्ष नेतालाई भेट्ने भएका छन् ।

सञ्चारमन्त्रीको सचिवालयका अनुसार खरेलले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डलाई भेट्न लागेका हुन् । भेटका क्रममा चुनावको विषयमा छलफल हुने बताइएको छ । 

खरेलले सबैभन्दा  पहिले देउवालाई महाराजगन्जस्थित निवासमै गएर भेट गर्नेछन् । त्यसपछि ११ बजे ओलीलाई गुण्डु निवास र प्रचण्डलाई खुमलटारस्थित निवासमै भेट्नेछन् । 

प्रतिक्रिया दिनुहोस