काठमाडौँ । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ।
आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा ९४० बमोजिम जरिवाना नबुझाएका दललाई सोही ऐनको दफा १२ बमोजिम खारेज गरेको हो।
आयोगका अनुसार आमआदमी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (लोकतान्त्रिक), नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली) र माओवादी जनमुक्ति पार्टी खारेज भएका छन्। हाल आयोगमा दर्ता भएका दलको सङ्ख्या १३७ छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ पुस २०८२, १९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगका प्रस्तावित आयुक्तविरुद्ध उजुरी आव्हान
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद