डीआर कंगोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा

एजेन्सी

बुधबार, १० असार २०८३, १० : १४
डीआर कंगोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा

काठमाडौं । डीआर कंगोलाई हराउँदै कोलम्बिया विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह चरणको दोस्रो खेलमा डीआर कंगोलाई कोलम्बियाले १-० ले पराजित गरेको हो ।कोलम्बियाका लागि खेलको ७६ औँ मिनेटमा ड्यानियल म्युनोजले गोल गरेका थिए ।

यसअघि कोलम्बियाले उज्वेकिस्तानलाई ३-१ ले पराजित गरेको थियो । दुई खेलमा विजयी भएसँगै कोलम्बियाले तालिकामा ६ अंक प्राप्त गरेको छ ।

डीआर कंगोले भने यसअघि पोर्चुगलसँग बराबरी खेलेको थियो ।