काठमाडौं । नेकपा (एमाले)को बिहीबार सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे प्रस्ताव पारित गरेको छ । महाधिवेशनको बन्दसत्रले तत्कालीन उपमहासचिव प्रदिप ज्ञवालीको संयोजकत्वमा प्रस्ताव लेखन कमिटी गठन गरेको थियो ।
महाधिवेशन समापनका अवसरमा ज्ञवालीले प्रस्ताव पेश गर्दै एमाले देशको विकास र समृद्धिका लागि नव युवासँग अझ सार्थक संवाद गर्न तयार रहेको बताएका छन् ।
एमाले युवाको सरोकारलाई ग्रहण गर्न र सहकार्यका साथ अगाडि बढ्न सदैव तत्पर रहेको ज्ञवालीले उल्लेख गरेका छन् । ‘पार्टीले संगठनात्मक संरचनामा युवा सहभागिता बढाउन विभिन्न निर्णय गर्दै अगाडी बढेको छ’ प्रस्तावमा भनिएको छ ‘सरकारमा रहँदा उद्यमशिलता,सीप विकास र बजार श्रृंखलाको इकोसिस्सटम निर्माण गर्न,स्टार्टअप मार्फत नवप्रवर्तनको विकास लगायत क्षेत्रमा कदम चाल्दै आएको छ ।’
एमालेले युवालाई सार्थक संवादमा आउन पनि आग्रह गरेको छ । नवयुवालाई लक्षित गर्दै एमालेले भनेको छ, ‘आफूहरुलाई सबै प्रकारका हिंसा र विध्वंसबाट अलग राख्नुहोस । शान्तिपूर्ण आन्दोलनको अपहरण गरेर देशलाई दहन गर्ने अपराधीको पहिचान गर्नुहोस् र राजनीतिक दलहरुसँग सार्थक संवादमा आउनुहोस । हामी पुनस्र्थापना हुने संसद मार्फत युवाहरुका मागहरु संवैधानिक बाटोबाट सम्बोधन गर्न प्रतिबद्ध छौं ।’
एमालेले चर्चामा रहेका सबै भ्रष्टाचार काण्डको छानविन र गहिरो अनुसन्धानका लागि माग गरेको छ । दोषी देखिएकाहरुलाई कानून बमोजिक कारबाही गर्न माग गरेको छ ।
राज्यका अख्तियार प्राप्त निकायले यस विषयमा आवश्यक निर्णय गरे एमाले उक्त कार्यमा सहयोग रहने प्रस्तावमा उल्लेख छ । विषम परिस्थितीका बीच पनि पार्टीको ११ औं महाधिवेशन भव्य रुपमा आयोजना हुनु पार्टीको प्रतिरोधी क्षमता बलियो र जनाधार मजबुद भएको प्रमाण भएको एमालेको प्रस्तावमा उल्लेख छ ।
महाधिवेशनले पास गरेको प्रस्तावमा आन्तरिक र बाह्य बसाइँसराईंको तिव्र गतिले गाउँघरहरु रित्तिन थालेकोप्रति चिन्ता प्रकट गरिएको छ । एमालेले भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानविनको माग गरेको छ । घटना छानविनका लागि पूर्वाग्रही र दुषित सोचयुक्त व्यक्तिको नेतृत्वमा नभइ दक्ष, विज्ञ र निष्पक्ष आयोग गठनको माग एमालेले गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ पुस २०८२, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको केन्द्रीय सचिवालय बैठक सुरु
एमाले सांसदको प्रश्न- मेयर हुँदा राखेको ग्रेटर नेपालको नक्सा अहिले खोइ ?
एमाले सचिवालय बैठक बस्दै, नेताहरूको कार्यविभाजन मुख्य एजेण्डा
पार्टीभित्रै तीन तहको दबाबमा ओली, दुई दिन पछि धकेलियो सचिवालय बैठक
एमाले सचिवालय बैठक स्थगित, सोमबार बस्ने
एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?