काठमाडौं । नेकपा (एमाले)को बिहीबार सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे प्रस्ताव पारित गरेको छ । महाधिवेशनको बन्दसत्रले तत्कालीन उपमहासचिव प्रदिप ज्ञवालीको संयोजकत्वमा प्रस्ताव लेखन कमिटी गठन गरेको थियो ।
महाधिवेशन समापनका अवसरमा ज्ञवालीले प्रस्ताव पेश गर्दै एमाले देशको विकास र समृद्धिका लागि नव युवासँग अझ सार्थक संवाद गर्न तयार रहेको बताएका छन् ।
एमाले युवाको सरोकारलाई ग्रहण गर्न र सहकार्यका साथ अगाडि बढ्न सदैव तत्पर रहेको ज्ञवालीले उल्लेख गरेका छन् । ‘पार्टीले संगठनात्मक संरचनामा युवा सहभागिता बढाउन विभिन्न निर्णय गर्दै अगाडी बढेको छ’ प्रस्तावमा भनिएको छ ‘सरकारमा रहँदा उद्यमशिलता,सीप विकास र बजार श्रृंखलाको इकोसिस्सटम निर्माण गर्न,स्टार्टअप मार्फत नवप्रवर्तनको विकास लगायत क्षेत्रमा कदम चाल्दै आएको छ ।’
एमालेले युवालाई सार्थक संवादमा आउन पनि आग्रह गरेको छ । नवयुवालाई लक्षित गर्दै एमालेले भनेको छ, ‘आफूहरुलाई सबै प्रकारका हिंसा र विध्वंसबाट अलग राख्नुहोस । शान्तिपूर्ण आन्दोलनको अपहरण गरेर देशलाई दहन गर्ने अपराधीको पहिचान गर्नुहोस् र राजनीतिक दलहरुसँग सार्थक संवादमा आउनुहोस । हामी पुनस्र्थापना हुने संसद मार्फत युवाहरुका मागहरु संवैधानिक बाटोबाट सम्बोधन गर्न प्रतिबद्ध छौं ।’
एमालेले चर्चामा रहेका सबै भ्रष्टाचार काण्डको छानविन र गहिरो अनुसन्धानका लागि माग गरेको छ । दोषी देखिएकाहरुलाई कानून बमोजिक कारबाही गर्न माग गरेको छ ।
राज्यका अख्तियार प्राप्त निकायले यस विषयमा आवश्यक निर्णय गरे एमाले उक्त कार्यमा सहयोग रहने प्रस्तावमा उल्लेख छ । विषम परिस्थितीका बीच पनि पार्टीको ११ औं महाधिवेशन भव्य रुपमा आयोजना हुनु पार्टीको प्रतिरोधी क्षमता बलियो र जनाधार मजबुद भएको प्रमाण भएको एमालेको प्रस्तावमा उल्लेख छ ।
महाधिवेशनले पास गरेको प्रस्तावमा आन्तरिक र बाह्य बसाइँसराईंको तिव्र गतिले गाउँघरहरु रित्तिन थालेकोप्रति चिन्ता प्रकट गरिएको छ । एमालेले भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानविनको माग गरेको छ । घटना छानविनका लागि पूर्वाग्रही र दुषित सोचयुक्त व्यक्तिको नेतृत्वमा नभइ दक्ष, विज्ञ र निष्पक्ष आयोग गठनको माग एमालेले गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ पुस २०८२, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्या भण्डारीलाई एमाले इन्ट्री ‘झन्’ सकस !
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अध्यक्षमा ओलीको अग्रता कायमै, पोखरेलले कति मत पाए ?
महासचिवमा शंकरले ल्याए २४९ मत, सुरेन्द्रको कति ?
एमाले महाधिवेशन : अध्यक्षमा ओली अगाडि, अन्य पदमा यस्तो छ नतिजा (ताजा अपडेट)