काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत मधेश प्रदेशका लागि आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा परेका प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।
पार्टीका अनुसार प्रदेशको पहिलो चरणको प्रारम्भिक उम्मेदवार सूचीमा समावेश उम्मेदवारसँग छलफल यही पौष ५ गते जनकपुरमा हुनेछ।
उम्मेदवार छनोट रूपरेखा अनुसार पौष ६ र ७ गते सम्बन्धित प्रदेशमै घरदैलो कार्यक्रम सञ्चालन गरिने भएकाले सूचीमा समावेश उम्मेदवारलाई आवश्यक तयारी समयमै पूरा गर्न पार्टीले अनुरोध गरेको छ ।
यसैगरी, थप जानकारीका लागि सम्बन्धित प्रदेश सभापतिसँग सम्पर्क गर्न तथा कुनै कारणवश कसैको नाम सूचीमा छुटेको भए पनि प्रदेश सभापतिमार्फत जानकारी गराउन उम्मेदवार छनोट समितिले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ पुस २०८२, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति
रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति