काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्ने गरी मुद्दा अघि बढाउने आदेश दिएको विषयलाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले विधिको शासन र राजनीतिक उपयुक्तता दुवै दृष्टिले स्वागतयोग्य भएको बताएका छन्।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशपछि सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार प्रतिक्रिया जनाउँदै भट्टराईले यो निर्णयले लामिछानेलाई विधिसम्मत तरिकाले आफ्नो निष्ठा प्रमाणित गर्ने अवसर दिएको उल्लेख गरेका छन्। साथै जनताबीच गएर जनअनुमोदन लिन सक्ने र सहकारी पीडितहरूले पनि कानूनी प्रक्रियामार्फत आफ्नो पीडाको सम्बोधन पाउने बाटो खुलेको उनको भनाइ छ।
भट्टराईले आफूले गत वर्षदेखि नै यही धारणा पटक–पटक राख्दै आएको दाबी गरेका छन्। उनले गत वर्ष पोखरामा प्रहरी हिरासतमा लामिछानेलाई भेटेर निस्किएपछि मिडियासमक्ष व्यक्त गरेको विचारसमेत स्मरण गरेका छन्।
उनले लोकतन्त्रको सौन्दर्य यही भएको उल्लेख गर्दै सबैले तथ्यबाट सत्य खोज्नुपर्नेमा जोड दिएका छन्। उडन्ते अनुमान र षड्यन्त्रको सिद्धान्तको पछि नलाग्न आग्रह गर्दै भट्टराईले बहुदलीय लोकतन्त्र भनेको दल र व्यक्तिबीच स्वस्थ प्रतिस्पर्धा र आवश्यक सहकार्यको संयोजन भएको बताएका छन्।
प्रतिस्पर्धाका क्रममा दुश्मनझैँ व्यवहार गर्ने र सहकार्यका बेला आफ्ना वैचारिक तथा राजनीतिक प्रतिबद्धता बिर्सने गल्ती नगर्नुपर्ने उनको टिप्पणी छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ पुस २०८२, ०७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाबुराम, जनार्दन र सन्तोषलगायतले आज पार्टी एकता घोषणा गर्दै
यो सबै मिलेर आगो निभाउने र नयाँ घर बनाउने बेला हो: बाबुराम भट्टराई
बाबुराम, जनार्दन र डीपी अर्याल लगायतबिच छलफल
निर्वाचनमार्फत देशको नेतृत्व लिएर अघि बढ्ने तयारी गर्नु : जेनजीहरुलाई बाबुरामको सुझाव
नयाँ राजनीतिक विकल्प तयार गर्न बाबुरामको जोड
जेनजी विद्रोहको परिणाम के हुन्छ, अझै प्रस्ट भइसकेको छैन : बाबुराम भट्टराईले दिए यि चारबुँदे सुझाव