काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले फेलोसिप कार्यक्रममा भर्ना हुने चिकित्सकलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ ।
न्याम्सले आज एक सूचना जारी गरी फेलोसिप कार्यक्रममा भर्ना हुने चिकित्सकहरूलाई स्नातकोत्तर तह सरहको निर्वाह भत्ता उपलब्ध हुने जनाएको छ ।
चिकित्सा शिक्षा आयोगको गाइडलाइन बमोजिम स्नातकोत्तर तह सरहको निर्वाह भत्ता उपलब्ध गराउने निर्णय भएको हो । बुधबार प्रतिष्ठानका उपकुलपतिको अध्यक्षतामा प्रतिष्ठानको आबद्ध आंगिक अस्पतालका सरोकारवालाहरूको उपस्थितिमा आयोगको गाइडलाइन अनुसार निर्वाह भत्ता दिने निर्णय भएको छ ।
न्याम्सले पुस १ गतेदेखि भर्ना पक्रिया अगाडि बढाउने तयारी गरेको थियो । तर न्याम्सले फेलोसिप कार्यक्रममा चर्को शुल्क लिएको र निर्वाह भत्ता नदिई श्रमशोषण भएको भन्दै चिकित्सकहरू आन्दोलित भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ पुस २०८२, १६ : १९
लेखकबाट थप