एमाले महाधिवेशन : सुरु भयो मतगणना

सफल खबर संवाददाता

विहीबार, ०३ पुस २०८२, १० : १७
एमाले महाधिवेशन : सुरु भयो मतगणना

काठमाडौ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ। 

एमालेको केन्द्रीय निर्वाचन आयोगका सचिव डा कुन्साङ लामाले मतगणना सुरु भएको जानकारी दिए।

काठमाडौँको भृकुटीमण्डपमा बुधबार बिहान ९:२० मा सुरु गरिएको मतदान साढे २१ घन्टापछि बिहीबार (आज) बिहान ७ बजेतिर सकिएको थियो। 

एमाले निर्वाचन आयोगका अनुसार कुल २ हजार २ सय ६३ प्रतिनिधि रहेकामा २ हजार २ सय २७ मत मात्रै खसेको छ। ३६ जना मतदाता भने विभिन्न कारण मतदानमा सहभागी हुन सकेनन्।