काठमाडौं । नेकपा एमालेको महाधिवेशन करिव सकिएको छ । नयाँ नेतृत्वका लागि भएको मतदानको परिणाम मात्र आउन बाँकी छ । तर ठीक त्यसैगरी अब अर्काे दल नेपाली कांग्रेसको महाधिवेशन आउन २३ दिन मात्र बाँकी छ । तर, कांग्रेसको महाधिवेशन यो तीन सातामा होला त ? कांग्रेसीहरुलाई नै विश्वास छैन ।
कांग्रेस नेताहरु नै भन्न थालेका छन्, – महाधिवेशन मिति सर्छ । नेपाली कांग्रेसले पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा पार्टीको १५औँ महाधिवेशन गर्ने गरी महिनौको बैठकपछि मिति तय गरेको थियो । तर, महाधिवेशन सुरु हुन अब झन्डै तीन साता मात्र बाँकी रहँदा क्रियाशील सदस्यता फाराममै गम्भीर समस्या देखिएपछि पार्टी नेतृत्व मिति सार्ने भित्री तयारीमा देखिएको छ । यधपी, यसबारेमा कुनै नेताले औपचारिक मुख भने खोलिसकेका छैनन ।
कांग्रेस स्रोतका अनुसार, कम्तीमा एक महिना अब कांग्रेसमो महाधिवेशन सर्ने गरी नयाँ कार्यतालिका आउँछ । ‘विवाद नभएको अवस्थामा पनि समय अपुग थियो, अहिले त क्रियाशील सदस्यको फाराममै समस्या आएपछि पुस २६ मा महाधिवेशन सम्भव देखिँदैन,’ कांग्रेसका एक पदाधिकारीले सफलखबरसँग भने, ‘महाधिवेशन मिति तोकिरहँदा पनि समय पुग्दैन, भ्याईदैन भन्दा महामन्त्रीहरुको ढिपीले मिति तोकिएको हो । अब एक महिना पछि सर्छ ।’
सरकारले फागुन २१ मा प्रतिनिधि सभा चुनावको मिति तोकेको छ । उक्त चुनाव पनि समयमा हुने नहुने अझै अनिश्चित छ । चुनाव नहुने अवस्था बने पार्टी महाधिवेशन एक महिना सारेर माघ अन्तिमतिर हुनसक्ने ती पदाधिकारीले बताए । तर प्रतिनिधिसभाको चुनाव सोही मितिमा हुने भए महाधिवेशन अझ पछि धकेलिने तिर अब गएको ती पदाधिकारीले बताए ।
उनका अनुसार चार लाखभन्दा बढी नयाँ क्रियाशील सदस्यता फाराम फेरि जिल्लामा पठाउनुपर्ने स्थिति बनेपछि पूर्वनिर्धारित कार्यतालिका अव्यावहारिक भएको र जसले महाधिवेशन तीन सातामा सम्भब हुने नदेखिएको हो ।
क्रियाशील सदस्यताको सिरियल नम्बरकै विवाद कांग्रेसमा छ । पार्टी सभापतिको उम्मेदवार बन्ने तयारीमा लागिरहेका नेता शेखर कोइरालाले यस विषयमा सभापति शेरवहादुर देउवालाई भेटेर आपत्ति जनाईसकेका छन् । उनले सञ्चाएर फारम पठाउन आग्रह गरेका छन् । जसले कांग्रेसले सार्वजनिक गरिसकेको सदस्यता वितरण तथा अधिवेशनसम्बन्धी सम्पूर्ण कार्यतालिका प्रभावित भएको छ ।
४८ दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले मंसिर २० भित्र नयाँ फाराम वितरण गर्ने, २४ गतेसम्म वडासम्म पु¥याउने निर्णय गरेको थियो । तर यो कार्यतालिका अनुसार अहिले काम भएको छैन । अब पुस ८ भित्र सदस्यता वितरण सक्ने, १४ गतेसम्म केन्द्रमा सूची बुझाउने, पुस १२ सम्म प्रारम्भिक छानबिन गर्ने र १४ गते पुनरावेदन टुंग्याउने कार्यतालिका व्यवहारमा लागू गर्न कठिन बनेको नेताहरुको भनाई छ ।
केन्द्रीय समितिको निर्णयअनुसार कांग्रेसले पुस १५ भित्र विदेशस्थित जनसम्पर्क समितिको अधिवेशन, १६ गते वडा, १७ गते पालिका, १९ गते प्रदेशसभा क्षेत्र, २१–२२ गते जिल्ला, २३–२४ गते प्रदेश अधिवेशन गर्ने र त्यसपछि पुस २६ देखि महाधिवेशन गर्ने योजना बनाएको थियो । तर सदस्यता विवादले यो सम्पूर्ण तालिका अब कागजमै सीमित हुने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ पुस २०८२, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस